२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

मोबाइलबाटै नेपाली होटल बुकिङ

मोबाइलबाटै नेपाली होटल बुकिङ

3.8K
Shares

अर्थ नेपाल संवाददाता

काठमाडौंं/ मोबाइलबाटै नेपाली होटलका कोठा बुक गर्न सकिने भएको छ। डिजिटल वालेट एवम् पेमेन्ट गेटवे खल्तीले  चेन होटल सर्भिस( ओयोसँग आफ्नो साझेदारीमा नेपाली ग्राहकलाई यस्तो सुविधा ल्याएके हो।

घोषणा गरेको छ​। यस साझेदारीले नेपालीहरुलाई होटल बुकिङ्गमा निकै सजिलो हुने अनुमान गरिएको छ​।

खल्ती मोबाइल एप र वेबसाइटबाट काठमाडौं र पोखरामा रहेका होटलका कोठा बुक गर्न सकिने खल्तीले जानकारी दिएको छ।

ओयो भारतमा विकास भ​एको एक नँया अबधारणाको चेन होटेल ग्रुप हो । नेपालमा भने ओयो सन् २०१७ अप्रिल देखि संचालनमा आएको थियो।

प्रबिधीको प्रयोगबाट बजेट होटल संचालन र ब्यवस्थापन सजिलो बनाएको कारणले ओयोलाई मार्गदर्शक मानिन्छ।nयो सेवामा कुनै पनि ग्राहकले होटल बुकिङ र भुक्तानी मोबाइलबाटै गर्नेछन्। खल्ती एपमा रहेको आफ्नो एकाउन्टबाट यो भुक्तानी गर्न सकिने छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij