
काठमाडौं /पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोन पे प्रा.लि.’ स्थापनाको नवौँ वर्षमा प्रवेश गरेको छ ।
सन् २०१० जनवरी २५ बाट सुरु भएको मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा हाल देशभर विस्तार भइसकेको छ ।
हालसम्म इसेवाबाट ६० लाख बढिले सेवा लिइरहेका कम्पनीले जानकारी दिएको छ।
इसेवाको मोबाईल एप्स् प्रयोग गर्नेको संख्या ४ लाख ३० हजार नाघेको छ भने खाता खोलेर कारोबार गर्नेको संख्या ७ लाख भन्दा बढी रहेको कम्पनीको भनाइ छ।
देशभर रहेका ३० हजार जोन, पोइन्ट तथा मोबाईल बैंकिङ मार्फत ६० लाख बढिले इसेवाका सेवा लिइरहेका छन् । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई सय भन्दा बढि सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४४ वटा बैंक सदस्य रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij