२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

शान्तिप्रियको गितमा सुशान्त र अनामीकाको अभिनय (फोटो फिचर)

शान्तिप्रियको गितमा सुशान्त र अनामीकाको अभिनय (फोटो फिचर)

1.6K
Shares


– अर्थ नेपाल संवाददाता

काठमाडौं / पत्रकार एवं गीतकार शान्तिप्रियको शब्दमा संगीतकार दीपक शर्माले संगीत गरेको तथा चर्चीत गायक राज सिग्देलको आवाज रहेको उन्को मेरो दुरी चल्यो मनभीत्र हुरी चल्यो… सुमधुर गीतको भीडियो छायांकन गरिएको छ । गीतकार शान्तिप्रियले पछिल्लो चरणमा आफूलाई गीत लेखनमा मात्र सिमीत नराखेर भडिीयो निर्देशनमा पनि उतार्न थालेका छन् । जस अनुरुप केही अघि मात्रै उनले राष्ट्रयकवि माधव प्रसाद घिमिरेको राष्ट्रिय गीतको निर्देशन गरेका थिए । यहि क्रमलाई निरन्तरता दीदै प्रियले आफ्नै शब्दको यो गीतको निर्देशन गरेका छन् ।


गीतमा अभिनेता शुशान्त कार्की अभिनेत्री अनामीका चौलागाई एवं साहित्यकार÷मुक्तककार रश्मि रोदन र बाल कलाकार सयना खड्काले अभिय गरेका छन् । प्रेमको त्रीकोणत्मक कथालाई कार्की, चौलागाइ, रोदन र खड्काले निर्वाह गरेका हुन् । गीतको छायांकन माधव खरेलले गरेका हुन् भने सम्पादन पनि खरेलले नै गर्दैछन् ।


अधर एल्वममा समाविष्ट यो चौथो गीत हो । तीन गीतको यस अधिनै भिडियो तयार पारीएको थियो । शान्तिप्रिय पछिल्लो चरणमा गीत लेखनमा सक्रिय चलचित्र पत्रकार हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij