२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमईले व्यावसायिक साझेदारलाई युएईको दश दिने भ्रमणमा लग्यो

आइएमईले व्यावसायिक साझेदारलाई युएईको दश दिने भ्रमणमा लग्यो

1.8K
Shares

– अर्थ नेपाल संवाददाता
काठमाडौं/आइएमई लिमिटेडले रेमिटेन्स कारोबार गरेको आधारमा आफ्ना व्यावसायिक साझेदारहरुलाई विदेश भ्रमण गराएको छ । कम्पनिले गत आर्थिक वर्षका पछिल्ला ६ महिनामा व्यावसायिक साझेदारहरुले गरेको कारेबारका आधारमो उनीहरुलाई युएईको दश दिने भ्रमण गराएको हो ।
कम्पनीले यसअघि आफ्ना दश व्यावसायिक साझेदारहरुलाई मुगुको रारातालको भ्रमण समेत गराएको थियो । यस कम्पनीले सेवा सुरु गरेको १७ औं वर्षभित्र नेपालमा १ सय ६० आइएमई सेन्टरसहित ७ वटै प्रदेश र ७७ वटै जिल्लामा ७ हजार १ सयभन्दा बढी एजेन्ट र बैंक तथा वित्तिय संस्थाका शाखामार्फत स्वदेश र विदेशमा मनी ट्रान्सफर गर्दै आएको छ ।
बजार र ब्यावसायको आकार र भौगोलिक अवस्थितिको आधारमा साझेदारहरुको कम्पनीले वर्गीकरण गरेको थियो । सोही वर्गीकरणका आधारमा प्रत्येक समूह निर्माण गरेर एक–एकजनाको प्रतिनिधित्व गर्दै विदेश भ्रमणमा लगिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij