२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भारतीय ठेकेदारको चरम लापरबाही

भारतीय ठेकेदारको चरम लापरबाही

1.3K
Shares

माथिल्लो तामाकोशी निर्धारित समयमा सक्न हम्मेहम्मे

  • नवराज शिवाकोटी

काठमाडौं /भारतीय ठेकेदारको चरम लापरबाहीका कारण माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्धारित समयमा सक्न हम्मेहम्मे पर्ने भएको छ ।

भारतीय ठेकेदार कम्पनी टेक्सम्याकोले सुस्त गतिमा काम गरेकाले निर्धारित समयमा नसकिने भएको हो । आयोजना निर्माण सुरु भएदेखि नै ठेक्का पाएको भारतीय ठेकेदार टेक्सम्याकोले मेकालिकल काम अन्तर्गत ४० प्रतिशतभन्दा कम काम पूरा गरेकाले निर्धारित समयमा सक्न नसकिने देखिएको आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपोने जानकारी दिए ।

४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले निर्माण कार्यलाई छिटो छरितो बनाउन ४ भागमा विभाजन गरी ठेक्का लगाएको भारतीय ठेकेदार कम्पनी टेक्सम्याकोले रेल्वे इन्जिनियरिङले लक्ष्यअनुसार कार्य नगर्दा आयोजना ढिला सम्पन्न हुने भएको हो ।

लट–२ को ठेकेदार टेक्सम्याकोले लक्ष्य अनुसार कार्य नगरिदिँदा समयमा नै आयोजनको काम सम्पन्न गर्न ठूलो चुनौती रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले स्वीकार गरेका छन् ।

आयोजनाको निर्माण कार्य करिब ९४ प्रतिशत सम्पन्न हुँदा समेत भारतीय ठेकेदार कम्पनी टेक्सम्याकोको ठेक्काको ४० प्रतिशत पनि कार्य सम्पन्न हुन सकेको छैन । टेक्सम्याकोले हाइड्रोमेकानिकल अन्तर्गत बाँधस्थलको गेट हबसम्वन्धी कार्यहरु मात्र लक्ष्य अनुसारको गरेको भए पनि पेनस्टक पाइपको ढुवानीको कार्य भने २५ प्रतिशत मात्र सम्पन्न गरेको छ ।

टेक्सम्याकोले ढुवानी गरी जडान गर्नु पर्ने करिब ५ मिटर लम्बाई र ३ दशमलब ६ गोलाई भएको करिब १ सय ६० ओटा पेनस्टक पाइपमध्ये आयोजनास्थलमा करिब ४० ओटामात्र ढुवानी भएको छ । आयोजना व्यवस्थापनले कम्तिमा २० ओटा गाडीबाट ढुवानी गर्न पटकपटक पत्राचार गरे पनि अटेर गरी भारतीय ठेकेदार कम्पनीले ३ ओटा गाडीले मात्र ढुवानी गरिरहेको पाईएको छ ।

टेक्सम्याकोले एउटा पेनस्टक पाइप सिमरादेखि सिन्धुपाल्चोकको सुनकोशीसम्म ५ दिन र सुनकोशीबाट आयोजनास्थल लामाबगरसम्म करिब १२ दिन लगाएर ढुवानी गर्ने गरेको छ । बाँकी १ सय २० ओटा पेनस्टक पाइप ढुवानी गर्न साढे २ वर्ष लाग्ने देखिन्छ । आयोजनाको ३७३ मिटरको ठाडो सुरुङ, १ सय मिटरको तेस्रो सुरुङ र ३ सय १० मिटरको अर्को ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्नु पर्ने हुन्छ ।

नेपाल विद्युत् प्राधिकरण उच्च स्रोतका अनुसार माथिल्लो तामाकोशी आयोजनाले निर्धारित समयमा विद्युत् उत्पादन गरेमा भारतलाई बार्षिक करिब रु. १६ अर्ब घाटा लाग्ने हुँदा भारतीय कम्पनीकै इशारामा आयोजना समयमैं सम्पन्न गर्न ठेकेदार कम्पनीले ढिलाई गरिरहेको बुझिएको बताउँछ ।

स्रोत : क्यापीटल नेपाल

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij