२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

प्रिसियस माई हर्वस एण्ड बिड्स सप सञ्चालनमा

प्रिसियस माई हर्वस एण्ड बिड्स सप सञ्चालनमा

1.7K
Shares

अर्थ नेपाल काठमाडौं /नेपाली चलचित्रका निर्माताद्वय मोहन कृष्ण श्रेष्ठ र वाइएल लामाको संयुक्त लगानीमा कमलपोखरी स्थित सिटी सेन्टरमा प्रिसियस माई हर्वस एण्ड बिड्स सप सञ्चालनमा ल्याएका छन् । उक्त सपको उद्घाटन नायक शिव श्रेष्ठले गरेका छन् । नेपालका उच्च हिमाली भेगमा पाईने दुर्लभ जडिबुटिबाट उत्पादित विभिन्न प्रकारका प्रशोधित औषधीहरु तथा बिना प्रशोधनका शुद्ध जडिबुटिहरु उपलव्ध हुने छ ।

 


२ करोड लगानी रहेको उक्त सपमा एन्टिक, ज्वलेरी, जेम्स उपलव्ध हुनेछ भने विश्वमै धेरै माग हुने गरेको जडिबुटि यार्सागुम्भा लगायत जडिबुटी चिया, जिमाला, चन्दन माला लगायत बिभिन्न जेम्सहरु खुद्रा तथा थोक बिक्री गर्ने मुख्य उदेश्य रहेको संचालकले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा कलाकारहरु निर्मल शर्मा,राजेन्द्र खड्गी,सागर लम्साल बले, गजित विष्ट लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij