२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सप्तरीमा सक्षम फाउण्डेशन नेपालको न्यानो अभियान

सप्तरीमा सक्षम फाउण्डेशन नेपालको न्यानो अभियान

1.7K
Shares


अर्थ नेपाल सप्तरी /बिगत दुई सप्ताह देखी तराईमा चलेको शीतलहरले सम्पूर्ण जनजीवन प्रभाबित हुनूका साथै सय जनाको मृत्यू भएका बेला सक्षम फाउण्डेशन नेपालले न्यानो लुगाफाटा बितरण गरी केही न्यानो राहत दिएको छ ।
फाउण्डेशनले न्यानो अभियान अन्तर्गत सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउपालिका वडा नं ४ र ६, हनुमाननगर कंकालिनी नपा–१०,र राजबिराज–नपा वडा नं १४को बिपन्न बस्ती–बस्तीमा गई यथार्थ शीतलहरको प्रहारमा परेको ३०० पिडितहरूलाई परिवार पिच्छे कम्बल, स्वेटर, ज्याकेट, ट्राउजर, पाईन्ट, टोपी, साडी, कुर्ता, जुत्ता, चप्पल लगायतका न्यानो लुगाहरू प्रदान गरेको कुरा संस्थाका अध्यक्ष डा.सी.के.सिंहले बताए ।
सक्षम फाउण्डेशन नेपालको दोस्रो दिनको कार्यक्रम अन्तर्गत सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं ( ६को श्री रा.प्रा. विद्यालय को. मधेपुराका बाल कक्षा देखि कक्षा पाँच सम्मका १६५ विद्यार्थीहरुलाई टोपी, ज्याकेट, स्वेटर, पाइजामा, जूता, चप्पल लगायतका न्यानो लुगाफाटाहरु वितरण गरियो ।
सो “न्यानो अभियान”कालागी फाउण्डेशनले सप्ताह व्यापी सहयोग संकलन अभियान अन्तर्गत एक कम्बल दिई सय मनकारी सहयोगी, दाता सहित काठमाडौं निम्न व्यापारी संघ, भृकुटीमंडप खुलाबजारले आफ्ना सम्पूर्ण पसललाई न्यानो लुगाफाटा सवेच्छाले दान गर्नलाई आहवान् गरेका थिए भने, निस्सहाय सेबा सदन शान्तिनगर काठमाडौले २३ थान कम्बल र सोही अनरूप टोपी दिई सहयोग गरेका थिए भने तुलसीमाया मेमोरियल रिलिफ फाउण्डेशन, सूर्या हेल्थकेयरका प्रोजेक्ट प्रमुख बिजय कुमार, रिलायबल डाईग्नोस्टिक ल्याब नेपाललगयतले समेत आर्थिक सहयोग गरेका थिए ।
सो अभियानमा लुगाफाटा बितरण गर्न फाउण्डेशनका अध्यक्ष डा.सी.के.सिंह, उपाध्यक्ष कुमार भास्कर, सचिव कमल मण्डल लगायतले आफै स्थलगत रिपोर्टको आधारमा बितरण गरे ।
यति परिश्रम गरेर पनी असल पिडितहरूको अनुहारमा खूशी देख्न पाउँदा हाम्रो सबै पिडा हरायो र फेरी फेरी सहयोगमा जुट्ने अध्यक्ष सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij