
अर्थ नेपाल काठमाडौं/ लोक गायक चन्द्र शर्मा र लोक गायिका सुमी घिमिरेको आवाजमा रहेको लोक दोहोरी गित ‘आऊ सानु पिरती लाउन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा कस्तुप पन्तको लय तथा शब्द सृजना रहेको छ ।
म्युजिक भिडियोमा शंकर बिसी, पी.एन सापकोटा,करिश्मा ढकाल,दिपाशा बिसी, कृष्ण रेउले रुबिना अधिकारी,प्रदिप रोका र टिका जैसीको अभिनय रहेको छ ।
शंकर बिसीको निर्देशन रहेको छ भने छायांकन राजेश घिमिरेले गरेका हुन्। नबिन घर्ती मगरको सम्पादन रहेको गीतलाई मेलोडी फिल्मस्बाट बजारमा आएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij