२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

मिस तामाङ पोखराको तयारी अन्तिम चरणमा

मिस तामाङ पोखराको तयारी अन्तिम चरणमा

1.7K
Shares


अर्थ नेपाल पोखरा /सोनामल्होसारको अवसरमा माघ ६ गते पोखरामा हुने मिस तामाङ पोखराको तयारी तिव्र पारिएको छ । बैदाम तामाङ समाजले हरेक बर्ष ल्होसारको अवसरमाल्होसार म्युजिकल फेस्टिभल तथामिस तामाङ्गगर्दै आएको छ । यस पटक २८५४ औं सोनामल्होसार माघ ४ गते परेको छ । कार्यक्रम ६ गते पोखरा सभागृहमाहुनेछ ।
प्रतियोगितामापोखरा, काठमाण्डौं तथा देशकाबिभिन्न भागबाट तामाङ्ग समुदायका१५ जनासहभागिहरु प्रतिस्पर्धा गर्दैछन । सहभागिहरुमा सुस्मिता लामा गोले स्वयम्भु काठमाण्डौ, सोनाम बम्जन सिम्पानी पोखरा, अनितालामा लेकसाइड, इशिका तामाङ लेकसाइड, सुस्मिता तामाङ फुलबारी, लक्ष्मी तामाङ याम्दी, शसी तामाङ रत्नचोक, ओमिसा लामा नयाबजार, पनिता तामाङ, सोनीता तामाङ लिगुरास टोल, कविता लामा योन्जन रामेछाप, मोनिका तामाङ बालाजु काठमाण्डौ, विष्णु मोक्तान, सेलिना मोक्तान, निलम तामाङ मालेपाटन रहेको कार्यक्रम संयोजक जयन्ती मोक्तानले जानकारी दिए ।
सहभागीहरुलाई दिनेश डिसी, जिपी तिमिल्सिना, रविन गुरुङ्ग, दिपक वाइवा, धन प्रसादतामाङ , राजकुमार लामा, सुदिप पोखरेल, दिपेन्द्र श्रेष्ठ, रिजन रिजाल, लक्की क्षेत्री, आचार्यनुर्बु ग्यात्सो लामा र डा. विकासनन्द योगीलगायतले बिभिन्न बिषयमा तालिमप्रदान गरेका छन् । डेढ महिने लामो तालिमको कोरियोग्राफर मलिना हिराचनहुन । कार्यक्रमको अफिसियलफोटोग्राफर सन्जयशाक्यहुनभने नृत्य प्रशिक्षकरामलामारहेका छन् ।
यसैविच मिस तामाङ पोखरा २०१८ को ट्यालेन्ट सो र प्रि जजिंग सम्पन्नभएको छ । शनिबार पोखराको बिजी बि क्याफेमा कार्यक्रको तयारी स्वरुप ट्यालेण्ट राउण्ड र प्रिजजिंग गरिएको बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले बताए । संगीतकार तथा रचनाकार तिर्थ तामाङको प्रमुख निर्णायक रहेको निर्णायक मण्डलको टोली ट्यालेण्ट राउण्डमा रहेकाथिए ।
पोखरा सभागृहमा हुने अन्तिम प्रतिस्पर्धामा प्रथम नेपाल आइडल बुद्ध लामालाई सम्मान गरिने छ । कार्यक्रममा गायक अभिनाश घिसिङ्ग सोनिका लामा के.सीलगायत राष्ट्रिय ख्यातीप्राप्त कलाकारका प्रस्तुतीका साथै तामाङ सांस्कृतिक नृत्य रहने छन् ।  कार्यक्रमको उद्देश्य पोखराको लेकसाईडमा निर्माणाधिन रिन्छिन तोर्जेत शान्ति गुम्बालाई सहयोग गर्ने रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij