२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

निसानको टेरानो नेपाली बजारमा

निसानको टेरानो नेपाली बजारमा

2.1K
Shares

अर्थ नेपाल  काठमाडौं / निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले   टेरानो एसयूभी नेपाली बजारमा आएको छ । १ हजार ६ सय सिसीको डिजेल इन्जिन र १ हजार ५ सय सिसीको पेट्रोल इन्जिनयुक्त टेरानो विश्वका २ सय ८० अवार्ड जितेको पहिलो कार हो । टेरानोमा आधुनिक प्रविधि युरो ४ मापदण्डको प्रयोग गरिएको छ । कारको टर्निङ रेडियस ५.२ इन्च छ । यसका कारण सानो स्थानमा पनि गाडी घुमाउन सहज हुन्छ । त्यसैगरी यसको ग्राउन्ड क्लियरेन्स २ सय ५ एमएम छ । यसका कारण ग्रामीण, पहाडी र एड्भेन्जर यात्रा गर्न सहज हुन्छ । दुई मोडलमा उपलब्ध टेरानोको मूल्य ४२ लाख ९९ हजार र ५३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

डिजेल भर्सनको कारले १९.८७ किलोमिटर प्रतिलिटर र पेट्रोल भर्सनले १३.०४ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ । ६ स्पिड गियरमा कार दौडाउँदा १९.६१ किलोमिटर प्रतिलिटर माइलेज पाउन सकिन्छ । ५ सिटे कारमा २ वटा एयर ब्याग जडान गरिएको छ । बुट स्पेस ४ सय ५ लिटरको भएकाले लामो यात्रामा परिवारसँग निस्कँदा पर्याप्त लगेज राख्न मिल्छ । कारमा क्रुज कन्ट्रोल सुविधा पनि उपलब्ध छ ।


कार ब्राउन, खैरो, कालो, सिल्भर, रातो र सेतो रङमा उपलब्ध छ । छतमा रुफ टेल्स दिइएको छ, जसले लुक्स प्रिमियम, आकर्षक र झट्ट हेर्दा हेभी बनाउन मद्दत गरेको छ । निसान सिग्नेचरमा फ्रन्ट ग्रिल तयार गरिएको छ, जसले तेस्रो देशको प्रिमियम कारको झल्को दिन्छ । यसमा प्रयोग गरिएको ‘फोर पोड हेडल्याम्प्स’ले अन्यभन्दा चार गुणा बढी प्रकाश वरिपरि र टाढासम्म फाल्छ । साइड ग्लासमा समेत टर्निङ लाइट राखिएको छ । अगाडि र पछाडिको टर्निङ लाइट एलइडी प्रविधिको हो । १६ इन्चको रिममा सुपेरियर र बलियो अलोय ह्विल जडान गरिएको छ । बम्परको एप्रोच एंगल र पछाडिको डिपार्चर एंगल उच्च छ । सोहीकारण कारको तल्लो भाग सुरुकै संरचनामा ठोकिन पाउँदैन र उत्कृष्ट सस्पेन्सनको अनुभव दिलाउँछ । ड्यास बोर्डमा रहेको स्विचबाटै दायाँ र बायाँ रहेका ऐनालाई फोल्ड गर्न मिल्छ ।

कारमा ७ इन्चको नेभिगेसन टच स्क्रिन राखिएको छ । जसमा युएसबी कनेक्सनमार्फत मोबाइलको सबै एप्लिकेसन चलाउन सकिन्छ । म्युजिक सिस्टमलाई स्टेरिङमा रहेको बटनबाटै चलाउन सकिन्छ । ड्यासबोर्ड इन्टेलिजन्स र क्याची छ । स्टेरिङमै राखिएको बटनबाट भ्वाइस कन्ट्रोल सुविधा उपयोग गर्न सकिन्छ । यसका लागि मोबाइललाई ड्यासबोर्डमा रहेको मल्टिमिडिया फंग्सनसँग ब्लुटुथबाट कनेक्सन गर्नुपर्छ । त्यसपछि स्टेरिङमा रहेका बटन थिचेपछि सिस्टमले के गर्न खोजेको हो भनेर सोध्छ । चालकले जसलाई फोन गर्नुपर्ने हो, उसको नाम भनेपछि सिस्टमले आफैँ फोन डायल गरिदिन्छ र चालकले सजिलै कुराकानी गर्न सक्छन् । कारको अगाडिको सिट एड्जस्ट गर्न मिल्छ । ५ वटै सिट लेदरका हुन् । पछाडिको सिटमा कप होल्डर राखिएको छ ।
कारमा एन्टीलक ब्रेकिङ सिस्टम (एबिएस) उपलब्ध छ । टेरानोमा थप सुरक्षित यात्राका लागि कम्पनीले इलेक्ट्रोनिक ब्रेकफोर्स डिष्ट्रिब्युसन (इबिडी) सुविधा पनि दिएको छ । जसले ब्रेकको चापलाई सबै पांग्रामा समान हिसाबले वितरण गरी ब्रेकिङ प्रणालीलाई प्रभावकारी बनाउँछ । ड्राइभिङका लागि उकालो र ओरालो कठिन मानिन्छ । तर, टेरानोमा उकालो–ओरालो यात्रालाई सहज बनाउन ‘हिल स्टार्ट एसिस्ट’ सुविधा छ । जसले उकालो र ओरालोमा कारलाई समान गतिमा दौडाउन मद्दत गर्छ । यो सुविधा उपयोग गर्न चालकले स्टेयरिङमा रहेको बटन थिच्नुपर्छ, सिस्टमले कारको गतिलाई आफैँ नियन्त्रण गर्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij