२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिजन मिडियाद्धारा आयोजित “मिस ईकलेज २०१८ ” को पहिलो अडिसन सम्पन्न

सिजन मिडियाद्धारा आयोजित “मिस ईकलेज २०१८ ” को पहिलो अडिसन सम्पन्न

1.3K
Shares

अर्थ नेपाल काठमाडौं /मिस टिन कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस् , एसएलसी प्रिन्सेस् , मिसेस व्यूटी क्वीन कार्यक्रमको निरन्तरता संगै सिजन मिडिया प्रा.लि.द्धारा गत ९ वर्ष देखि आयोजीत कलेजमा अध्ययनरत युवतीहरुमा केन्दि«त “मिस ईकलेज २०१८” को आज आठौं संस्करणको पहिलो छनौट कमलादि स्थित सिजन मिडियाको कार्यालयमा सम्पर्न भएको छ । काठमाडौं ललितपुर र भक्तपुरमा रहेका विभिन्न कलेजमा अध्ययनरत युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै उच्च शिक्षाको अध्ययनको लागि सहयोग पु¥याउने र समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेत्ुले यो कार्यक्रमलाई निरन्तरता दिन लागिएको हो ।
विगत ९ वर्षदेखि काठमान्डौमा रहेर विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो आठौंै चरणको संस्करणको लागि उपत्यकामा रहेका ३० भन्दा वढि विभिन्न कलेजहरुवाट छात्राहरूको आवेदन आएको मिडियाका प्रबन्ध निर्देशक प्रदिपराज वन्तले बताए हाल पहिलो अडिसनवाट १५ जना प्रतियोगीहरु समावेश गरिने छ ।द्रोस्रे अडिसन वाट १५ जना छनौट गरी ३० जना प्रतियोगीहरु सहभागी गराइने छ भने आगामी माघ १५ वाट प्रशिक्षण दिइने छ ।
पहिलो चरणको छनोटमा अफिसियल कोरीयोग्राफर रोजिन शाक्य र मिस ई–कलेज २०१५ की विजेता नितिका कर्मचार्य पहिलो अडिसन को निर्णायक मण्डलमा सहभागी हुनु भएको थिए ।
उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई माघ १५ गतेवाट प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा शारारिक फिटनेश ,फोटो सेसन व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल ,नारकोनन नेपाल, वाल आश्रम आदि मिडिया भिजीट , कल्चरल भिजीट र स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विभिन्न विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ ।
फाल्गुनको पहिलोे साता उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा हुनेछ । प्रतियोगिताका विजेताले “मिस ई कलेज २०१८”े को ताज उपाधि सहित स्कुटर , थाइल्याण्ड टुर र उच्च शिक्षामा छात्रावृत्ति , नेपाल एयर होस्टेज एकाडमीको तर्फवाट एयर होस्टेसको तालिम दिइने छ, साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनरअप र सेकेन्ड रनरअपले मोवाइल फोन साथै थाइल्याण्ड टुर ,छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न १६ विधामा पनि सव टाइटल प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij