
अर्थ नेपाल भक्तपुर / भक्तपुर सल्लाघारीमा जि मोटर्सले फोर्स गाडीहरुको शोरुम संचालनमा ल्याएको छ।
यो शोरुमबाट सवारी साधन खरिद गर्ने ग्राहकलाई विशेष छुटसहितका सुविधाहरु भएको संचालक कैलाश बाबु गेलालले जानकारी दिए। स्पेयर पार्टसको सुविधा पनि रहेको कम्पनिले जनाएको छ ।
शोरुमले एक्सचेन्ज सुविधा पनि ल्याएको छ। यस योजना अन्तर्गत जनसुकै ब्राण्डको जस्तोसुकै पुरानो गाडीको उचित मुल्याङ्कन गरी फोर्सका गाडी खरिद गर्न सकिनेछ।
शोरुममा फोर्सको १४ सिट क्षमताको क्रुजर डिलक्स जिप, १६ सिट क्षमताको ट्राभलर रोयल बस, गोर्खा जिप, कार्गो किङ पिक अप, स्कुल बस लगाएतका गाडीहरु विशेष छुटमा पाउन सकिने बताइएको छ।
त्यस्तै विभिन्न समितिहरुले एकैपटक ५ भन्दा धेरै गाडी खरिद गरेमा छुटसँगै विदेश भ्रमणको मौका पाउने गेलालले जानकारी दिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij