२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

दक्ष इन्टरनेशनलद्धारा केसी, लुईटेल र झालाई विशेष अवार्ड प्रदान

दक्ष इन्टरनेशनलद्धारा केसी, लुईटेल र झालाई विशेष अवार्ड प्रदान

1.7K
Shares

अर्थ नेपाल काठमाडौं /दक्ष ईन्टरनेशन प्रा.लि.ले विभिन्न क्षेत्रमा  योगदान दिए बापत अवार्ड  प्रदान गर्न सुरु गरेको छ । संस्थाले आयोजना गर्ने मिस एण्ड मिसेस व्युटिफुल नेपाल नामक सौन्दर्य प्रतियोगितामा उक्त अवार्ड प्रदान गरेको छ ।  यस बर्ष कलाकारिता विधामा वरिष्ठ कलाकार किरण केसीे दक्ष कला अवार्ड बाट सम्मानित भएका थिए भने  पत्रकारिता तर्फ दक्ष पत्रकारिता अवार्डबाट आर्टिष्ट नेपालका सिईओ राजेन्द्र लुईटेल  सम्मानित नगद रु.५५,५५५। सहित भएका थिए, त्यस्तै ईभेन्ट व्यबस्थापन विधामा ईभेन्ट डाईरेक्टर निशु कान्त झा नगद रु.५५,५५५। सहित सम्मानित भएका थिए । कार्यक्रमका प्रमुख अतिथी मदनकृष्ण श्रेष्ठले सम्मानित व्यत्तिहरुलाई सम्मान गर्नुभएको थियो ।  दक्ष ईन्टरनेशनलका प्रबन्ध निर्देशक टेक राज पाण्डेका अनुसार प्रत्येक वर्ष आयोजना हुने मिस एण्ड मिसेज व्यूटिफुलको कार्यक्रममा  ३ जना कलाकारिता, पत्रकारिता तथा ईभेन्ट व्यबस्थापन क्षेत्रमा उत्कृष्ट व्यक्तित्वहरुलाई उक्त अवार्डबाट सम्मानित गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij