२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

हुन्डाईले ल्यायो ‘विन्टर डिलाइट’ योजना

हुन्डाईले ल्यायो ‘विन्टर डिलाइट’ योजना

1.3K
Shares

अर्थ नेपाल काठमाडौं / हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई विन्टर डिलाइट’ योजना ल्याएको छ।
यस योजनामार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटको साथमा ६ लाख ९६ हजारसम्मको सेवा सुबिधा पाउने हुन्डाईले जनाएको छ।
हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निशुल्क १ वर्ष सम्मको बिमा, एक लाख सम्मको एक्सचेन्ज बोनस, २० हजार बराबरको लोयल्टी बोनस दिइने कम्पनीले जनाएको छ।
ग्राहकले पुरानो सवारीको स्पट एक्सचेन्ज तथा मूल्याङ्कनको सुबिधाका साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि पाउने कम्पनीको भनाइ छ। चिसो मौसममा ल्याइएको यो योजना निश्चित अवधिका लागि मात्रै रहेको हुन्डाइले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij