२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रानीपोखरीमा लाखौं रकम स्वाहा!

रानीपोखरीमा लाखौं रकम स्वाहा!

2.4K
Shares

काठमाडौं : काठमाडौं महानगरपालिकाका नगर प्रमुख विद्यासुन्दर शाक्यले आफूले गरेको प्रतिवद्धता पूरा गर्ने हो भने रानीपोखरीमा बनाइएका सबै संरचना भत्काउनुपर्ने हुन्छ। यी संरचना भत्काइएन भने प्रताप मल्लले बनाएकै शैलीमा रानीपोखरी बनाउन सकिदैन।  रानपोखरी पुनर्निर्माण गर्न बनेको विज्ञ समितिले पनि कंक्रिट वाल भत्काउनुपर्ने सुझाव दिइसकेको छ। यो संरचना भत्काउँदा काठमाडौं महानगरपालिकाको लाखौं रुपैयाँ बालुवामा पानी हुने भएको छ।  काठमाडौं महानगरले ठेकेदारलाई काम परिचालन गर्न २० प्रतिशत रकम दिएको छ। त्यसबाहेक ठेकेदारले थप रकमसमेत माग गरेका छन्। महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार रानीपोखरी पुनर्निर्माण गर्न ६ करोड ३१ लाख रुपैयाँमा ठेक्कदा दिइएको थियो। ‘त्यतिबेलै काम परिचालन गर्न २० प्रतिशत रकम दिएका हौं’ प्रवक्ता कार्कीले भने, ‘यो दुई वर्ष पहिला ठेक्का सम्झौता गर्दा दिइएको हो। त्यसयता रकम दिएका छैनौं। तर ठेकेदारले माग गरिरहेका छन्।’ कुल ठेक्का रकमको २० प्रतिशत लिँदा ठेकेदारले १ करोड २६ लाख २० हजार रुपैयाँ लगेको देखिन्छ। पुनर्निर्माणको ठेक्का वर्ल्डवाइड कँडेल केनकेभी जेभीले पाएको छ। रानीपोखरीमा पहिला पनि यही ठेकेदार कम्पनीले कंक्रिट मिसाएको थियो। २०७३ चैतमा निर्माण सम्पन्न गर्न कम्पनीले ठेक्का पाएको थियो।महानगरपालिकाले यसको लागत १० करोड रुपैयाँ लाग्ने अनुमान गरेको थियो। अनुमान गरिएको भन्दा झण्डै ४ करोड रुपैयाँ कममा ठेकेदार कम्पनी काम गर्न तयार भएको थियो।

कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij