२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बेन्च डेस्क नपाएर विद्यार्थीको बिजोग

बेन्च डेस्क नपाएर विद्यार्थीको बिजोग

2.4K
Shares

सप्तरीको दक्षिणी पश्चिमी ग्रामीण भेगका प्रायः जसो आधारभुत विद्यालयमा बेन्च, डेस्कलगायत आवश्यक फर्निचर नहुँदा कठ्याँग्रिँदो चिसोमा पनि बालबालिका भुईमा बोरा ओछ्याएर पढ्न बाध्य छन् ।
छिन्नमस्ता गाउँपालिकाको बमहुवास्थित बिपी राप्राविमा आईतबार बालविकास कक्षामा उपस्थित २१ जना बालबालिका चिसो भुईमा बसेर पढिरहेका थिए ।
उनीहरु सबै पाँच बर्ष उमेरमुनिका हुन् ।
तीमध्ये घरबाट बोरा लिएर आएका केही बोरमा र बाँकी चिसो भुईमा बसेका थिए । बेन्च डेस्क त परै जाओस् ओछ्यान् कार्पेट पनि नभएको प्रधानाध्यापक सुरेन्द्र मण्डलले बताए ।

नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij