२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सक्षम फाउण्डेशनको “सद्भावना दुत”मा प्रिया रानी लामा नियुक्त

सक्षम फाउण्डेशनको “सद्भावना दुत”मा प्रिया रानी लामा नियुक्त

1.7K
Shares

अर्थ नेपाल काठमाडौं /दैवीप्रकोपमा परेको मान्छेलाई उद्धार तथा सहयोगको उद्देश्यले स्थापना भएको सक्षम फाउण्डेशन नेपालले शनिबार भक्तपुर कमलविनायकको सरस्वती स्कुलमा रक्तदान कार्यक्रमको आयोजना गरेका थियो । करिब १०० जनाभन्दा बढीले रक्तदान गरेको सक्षम फाउण्डेशन नेपालका अध्यक्ष डा। सि।के सिंहले जानकारी दिनुभयो । यो एउटा परापकारी संस्था हो । यो संस्थाले प्राकृतिक प्रकोपमा परेकाहरुलाई सहयोग गर्ने, गरिब तथा दलित समुदायलाई स्वास्थ्य र शिक्षामा सक्दो सहयोग गर्ने, विभिन्न रोगले पीडित भएका गरिब बस्तीमा नि–शुल्क स्वास्थ्य शिविर संचालन गर्ने जस्ता कार्य गर्दै आएको छ ।
यसै अबसरमा फाउण्डेशनले नेपाल १ टेलिभिजनकी कार्यक्रम संचालिका तथा मिस पूर्वाञ्चल समेत भईसक्नुभएकी नायिका तथा मोडल प्रिया रानी लामालाई सद्भावना दुतको रुपमा नियुक्त गरेको छ । उक्त समारोहमा सक्षम फाउण्डेशन नेपालका अध्यक्ष डा। सि।के। सिंहले सद्भावना दुतको नियूक्ती प्रमाण पत्र नायिका तथा मोडल प्रिया रानी लामालाई प्रदान गरेको थिए ।उहाँले विभिन्न फिल्म तथा म्यूजिक भिडियोमा अभिनय समेत गरिसक्नुभएको छ । कार्यक्रमको अध्यक्षता फाउण्डेसनका महासचिब कुमार भास्करले गरेको थियो भने प्रमुख अतिथिको आसनग्रहण चलचित्र निर्माता तथा समाजसेबी शान्ता ढकालले गर्नु भएको थियो त्यस्तै अतिथिमा नायिका उषा लिम्बु ,अभिनेता कृष्ण सापकोटा, नेपाल रेडक्रोशकि सुबर्ण अबल को उपस्थिति थियो । कार्यक्रमको सहजीकरणको भूमिका विकेश मल्लले गर्नु भएको थियो भन्ने ब्यबस्थापन नबिन साहले गरेको थियो । यस कार्यक्रममा सहयोगी निकायका प्रतिनिधीहरु, नागरिक समाज, किशोर किशोरी, संचार क्षेत्र लगायतका ३०० भन्दा बढी व्यक्तिहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
यसै अबसरमा प्रिया रानी लामाले आफू डा।सीके सिंहको समाजसेवा बाट प्रेरित भई यो संस्थामा आबद्ध भएर सक्दो समाज सेवा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । सक्षम फाउण्डेसनका अध्यक्ष सिंहले यो संस्थाले निरन्तर निस्वार्थ भावनाले गरिब, दलितको हकहितमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij