२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

चीनमा बन्यो विश्वकै पहिलो सोलार प्यानल सडक

चीनमा बन्यो विश्वकै पहिलो सोलार प्यानल सडक

2.3K
Shares

एजेन्सी/ चीनमा विश्वकै पहिलो सोलार प्यानल सडक बनेको छ । चीनको स्यानडोङ प्रान्तको राजधानी जिनानमा हिजो डिसेम्बर २८ देखि औपचारिक रुपमा उक्त सडक सञ्चालनमा आएको छ । उक्त सडक करिब एक किलोमिटर लामो छ । यसमा १० हजार फोटोभोल्टेइक प्यानल जडान गरिएका छन्, जसले सूर्यको प्रकाशलाई विद्युतीय शक्तिमा रुपान्तरण गर्छन् ।

सामान्य सडकको तुलनामा फोटोभोल्टेइक सडकमा कुनै फरकपना छैन । तर सुरक्षाको मामिलामा भने परम्परागत अस्फाल्ट र कंक्रिट प्रयोग गरिएको सडक भन्दा फोटोभोल्टेइक सडक धेरै नै अब्बल छ । सडकको तलतिर इलेक्ट्रोम्याग्नेटिक इन्डक्सन क्वाइल इन्स्टल गरिएको छ । ड्राइभरले यो सडक हुँदै कार चलाउदा यही क्वाइलबाटै वायरलेस रुपमा इलेक्ट्रिक कार पनि रिचार्ज हुन्छन् । भविष्यमा वायरलेस चार्जिङ टेक्नोलोजी प्रयोगमा आउने भएकाले अहिले नै यो व्यवस्था गरिएको हो ।

जाडोको समयमा फोटोभोल्टेइक हाइवे आफै नै सोलार पावरको रुपमा प्रयोग हुन्छ, जसले सडकमा थुप्रिएका हिउँ र आइसलाई पगाल्छ र सडकमा गाडी चलाउन सुरक्षित हुन्छ ।

सडकमा अन्य धेरै प्रविधि पनि प्रयोग गरिएका छन् । यहाँ धेरै प्रकारका सेन्सर राखिएका छन्, जसले सडक प्रयोग गर्दाका विभिन्न डाटा सुरक्षित राख्न सहयोग गर्छन् । चीनको किलु ट्रान्सपोर्टेसन डेभलपमेन्ट ग्रुपले यो सडकमा लगानी समेत गरी विकास गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij