
अर्थ नेपाल काठमाडौं /नेपालमा रोयल इन्फिल्ड बाइकको आधिकारिक बितरक एमभी दुगड ग्रुपको विवेक अटोमोवाइल्स प्रालिले आगामी पुस २२ गते शनिबार ‘रोयल इन्फिल्ड ट्रेजर हन्ट राइड’ आयोजना गर्ने भएको छ । राइडमा रोयल इन्फिल्डका राइडरहरुले सहभागिता जनाउने छन् । हाल यसका लागि रजिष्ट्रेसन कार्य चलिरहेको विवेक अटोमोबाइल्सका ब्रान्ड म्यानेजर दीपेश श्रेष्ठले जानकारी दिएका छन् ।
ट्रेजर हन्ट राइड बालाजु सोरुमबाट प्रारम्भ भई धुलिखेलस्थित हिमालयन मोटरल्यान्डमा पुगेर समापन हुनेछ ।
ट्रेजर हन्टमा राइडरहरुलाई दिएको हिन्टहरुको आधारमा विभिन्न किसिमको टे«जर खोज्दै अन्तिम गन्तब्यमा पुगेर ट्रेजर हन्ट राइड सम्पन्न हुनेछ । साथै अन्तिम गन्तव्यमा रोयल इन्फिल्ड क्विज, स्लो रेस कम्पिटिसन, पुस बाइक कम्पिटिसन, क्यारी योर रोयल इन्फिल्ड र रोयल इन्फिल्ड मोटरसाइकलमा स्टन्ट सोको समेत आयोजना गरिने छ । साथमा डिजे सेसन तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमबाट रमाइलो गरिने बताइएको छ । प्रतिस्पर्धामा बिजयी राइडरहरुलाई प्रमाणपत्र तथा ट्रफि प्रदान गरी कार्यक्रम समापन गरिने छ । राइडमा सहभागी राइडहरुले वान लेन राइड र सेफ्टी राइडको नियमहरु पालना गर्ने छन् ।
नेपालमा टु ह्विल टुरिज्म को विकास गरी पर्यटन व्यवसायलाई थप आकर्षक बनाउनु रोयल इनफिल्ड ट्रेजर हन्ट राइडको मुख्य उद्देश्य रहेको छ । रोयल इनफिल्ड मोटर साइकल नेपालको भौगोलिक परिवेश अनुसार टुरिङका लागि उपयुक्त एवं बाइकिङ ब्रडरहुड बढाउने ब्रान्डको रुपमा चिरपरिचित भई रहेको कम्पनीले दावी गरेको छ ।
रोयल इन्फिल्ड मोटरसाइकल एउटा ऐतिहासिक प्रतिष्ठित अन्तर्राष्ट्रिय आइकनिक ब्रान्ड हो । नेपालका लागि रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता विवेक अटोमोवाइल्स प्रालिले नेपालभरि २१ वटा शाखा तथा डिलरबाट बिक्री बितरण तथा बिक्री पछिका सेवाहरु प्रदान गरिरहेको बताएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij