२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तपाई पेट्रोल पम्पमा ठगिनु भएको त छैन ? यी १० कुराहरु ख्याल राख्नुस

तपाई पेट्रोल पम्पमा ठगिनु भएको त छैन ? यी १० कुराहरु ख्याल राख्नुस

2.6K
Shares

अर्थ नेपाल काठमाडौं /गाडी वा मोटरसाइकलमा इन्धन भर्नका लागि हामी पेट्रोल पम्पमा जान्छौ । धेरैले पेट्रोल वा डिजेल भर्दा कति भरियो वा कसरी भरियो भनेर यादै गरेका हुँदैनन् । तर पेट्रोल पम्पमा हामीले पनि धेरै कुरा ख्याल राख्न सक्छौ । यसो गरियो भने ठगिने डर हुँदै्रन । थोरै परिमाणले पनि इन्धन र गाडीमा धेरै असर परिरहेको हुन्छ । त्यसैले हामील यस्ता धेरै कुराहरु ख्याल राख्नु आवश्यक छ ।

१. मिटरमा अंक देखिन्छ कि देखिन्न?
इन्धन भदौ कुरै कुरामा अल्झाएर पम्पका कर्मचारीहरुले मिटरमा शून्य त देखाउलान् तर आफुले मागे अनुसारको पेट्रोलको मूल्य सेट नगरिएको पनि हुन सक्छ । आजकाल प्रायः सबै पेट्रोल पम्पमा डिजिटल मिटर जडान गरिएको हुन्छ । त्यसमा आफुले मागेको र पेट्रोलको मूल्य पहिले नै सेट गरिन्छ जसले गर्दा कर्मचारीहरुले मनमानी र ठगी गर्न पाउंदैनन् ।

२. मिटर रिडिङ
पेट्रोल भर्दा मिटरको रिडिङ हेर्नु अति आवश्यक हुन्छ । यदि मिटरमा पहिलेबाटै कुनै अंक देखिन्छ भने त्यसलाई शून्य बनाउन कर्मचारीलाई आग्रह गर्नुहोस् । त्यसो नभएमा पहिले देखिएको अंकको समेत गरेर पैसा बढी तिर्नु पर्ने हुन्छ ।

३. रिडिङ स्टार्ट हुने अंक
मिटरमा शून्य त देखिएला तर पेट्रोल वा डिजेल भर्दा मिटरमा कति अंकबाट स्टार्ट हुन्छ, त्यो पनि हेर्नु पर्ने हुन्छ । मिटर कम्तिमा ३ अंकबाट स्टार्ट हुनुपर्छ यदि त्यो भन्दा बढी अंक पुगेमा आफूलाई नोक्सान पुग्छ । कहिलेकाहिं यो अंक १०, १५ वा २० बाट पनि अगाडि बढ्न सक्छ । यो कुरामा ध्यान दिनु आवश्यक छ ।

४. मिटर चल्ने गति
पेट्रोल भर्ने क्रममा यदि मिटर छिटो घुम्छ भने पम्प कर्मचारीहरुलाई मिटरको गति कम गर्न लगाउनुहोस् । मिटरको गति बढी भएमा पेट्रोलको बिल पनि बढी आउने हुनसक्छ ।

५. पेट्रोल भर्ने समय
सुन्दा अचम्म लाग्न सक्छ तर पेट्रोल भर्न जांदा समय मिलाएर भर्न जानु भयो भने फाइदा पनि हुन सक्छ । पेट्रोलपम्पमा पेट्रोल जमिन मुनि ४ देखि ६ मिटर तल स्टोर गरिन्छ । जमिन मुनि पेट्रोल दिउसोको समयमा मात्र तातो हुन्छ अर्थात् पेट्रोलको घनत्व फैलिन्छ । जसले गर्दा दिउसो पेट्रोल भर्दा कम पेट्रोल पाइन्छ र बिहान वा राति पेट्रोल जमेर बस्ने हुनाले पेट्रोल भर्दा प्वाइन्ट टु प्वाइन्ट पेट्रोल पाइन्छ र फाइदा हुन्छ ।

६. केवल डिजिटल मिटर भएको पम्पमा मात्र जानुहोस्
देशभरिका पेट्रोलपम्पमा पुराना मेसिन हटाइदैछ र डिजिटल मेसिन राखिदैछ । यद्यपि पेट्रोल भर्न जाँदा डिजिटल मेसिन भएको पम्पमा मात्र जानुहोस् । पुराना मेसिनबाट पेट्रोल भर्दा पेट्रोल कम भरिने सम्भावना हुन्छ ।

७. सुनसान स्थानमा रहेको पम्पबाट पेट्रोल नभर्नुहोस्
पेट्रोल भर्दा सुनसान पम्पमा गएर पेट्रोल भर्न बाट बचौं । पेट्रोल भर्दा पाइपको मुहानबाट निस्किने हावालाई गाडीको टंकीमा जान नदिनुहोस्, यदि यसो भयो भने तपाईंले भने अनुसारको पेट्रोल पाउनु हुन्न । पहिले केही मात्रामा हावा गाडीको ट्यांकीमा जान्छ ।

८. रिजर्भमा आउनु अगावै इन्धन भर्नुहोस्
निकै कम मानिसलाई थाहा छ खाली ट्यांकीमा पेट्रोल भर्दा आफुलाई घाटा हुन्छ भन्ने कुरा । ट्यांकी पुरै खाली हँुदा ट्यांकीभित्र हावाको मात्रा बढी हुन्छ र पेट्रोल भर्दा कम पेट्रोल भरिन्छ । त्यसकारण ट्यांकी आधि हुँदा नै इन्धन भर्ने गरौं ।

९. मिटर अड्किएर चल्नु
पेट्रोल भर्ने क्रममा मिटर अड्किएर चल्छ भने तपाईले माग्नु भए अनुसारको मात्रामा पेट्रोललाई नपाउन सक्नु हुन्छ र तपाईलाई नोक्सान हुन सक्छ । त्यसैले यो कुरामा ध्यान दिनु आवश्यक छ ।

१० कारबाट ओर्लिनु होस्
पेट्रोल भर्दा कारबाट ओर्लेर आफूले भने अनुसार तरिकाले पेट्रोल भरिएको छ कि छैन भन्ने कुरा स्वयं आफैले जाँच गर्नुहोस् । यसो गर्नाले तपाईं ठगिने सम्भावना कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij