२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

रनर ब्रान्डका सोरुम अब नेपालगञ्जमा

रनर ब्रान्डका सोरुम अब नेपालगञ्जमा

1.2K
Shares

अर्थ नेपाल नेपालगञ्ज / बंगलादेशमा उत्पादित रनर ब्रान्डका मोटरसाइकल र स्कुटर अब नेपालगञ्जमा पनि उपलब्ध भएका छन् । नेपालगञ्जका लागि डिलरको रुपमा लक्ष्मी ट्रेड लिंक प्रालिले आफ्नो सोरुमको उद्घाटन गरेको छ । नेपालका लागि रनर मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता रमण मोटर्स प्रालिद्वारा केही दिन अघि मात्र राजधानीमा उक्त मोटरसाइकलको लन्च गरे लगत्तै आज नेपालगञ्जमा सोरुम उद्घाटन गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल समशेर राणाले सोरुम उद्घाटन गर्दै सफलताको शभकामना दिएका छन् । कार्यक्रममा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, मिडियाकर्मी, बैंक तथा वित्तीय संस्था एवं अटोमोबाइल क्षेत्रका प्रतिनिधि र अन्य अतिथिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नेपालमा पहिलो पटक ६ बर्ष वारेन्टीका साथ प्रस्तुत रनर ब्रान्डका ८० सिसी, १०० सिसी, ११० सिसी, १२५ सिसी र १५० सिसीका बाइक र ११० सिसीको गियर जडित क्लचरहित स्कुटर उपलब्ध छन् । देशका अन्य शहरहरुमा समेत यो ब्रान्डको बारेमा चासो प्रारम्भ भएको कम्पनीको भनाइ छ । लक्ष्मी ट्रेड लिंकका साथ नेपालगञ्ज भित्रिएको रनर ब्रान्डका मोटरसाइकल र स्कुटरलाई ग्राहकले अत्यन्त रुचाएको रमण मोटर्स प्रालिका बिजनेस डेभलपमेन्ट हेड सन्तोष न्यौपानेले जनाएका छन् ।
उद्घाटनको अवसरमा बिशेष छुट प्रदान गरेको लक्ष्मी ट्रेड लिंकका प्रतिनिधि डा. शुभाष योगीले बताए । ग्राहकलाई बाइक र स्कुटर खरिद गर्दा र तत्पश्चात सर्भिसिङ र स्पेयर्समा बिशेष ध्यान दिएर पुर्ण सन्तुष्टी प्रदान गरिने उनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij