२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

पर्यटनकी एलिना

पर्यटनकी एलिना

3.1K
Shares

 

एलिना ध्वजु
व्यापार तथा बजार म्यानेजर
होटल कन्ट्री भिल्ला, नगरकोट

एलिना ध्वजु अहिले आफ्नै पारिवारिक व्यवसाय होटल कन्ट्री भिल्ला नगरकोटको व्यापार तथा बजार म्यानेजरको रुपमा काम गरिरहेकी छिन् । सानोमा  कम बोल्ने स्वभाकी एलिना अहिले आफ्नो व्यवसायको प्रबद्र्धनमा व्यस्त छिन् । उच्च शिक्षा हासिल गर्दादेखी नै व्यवसायमा लागेकी एलिना आफ्नो काम प्रति इमान्दारिताका साथ लागिरहेकी छन् । आफ्नो पारिवारिक व्यवसाय भएपनि उनीमा कुनै दम्भ नभई एउटा कर्मजिवीको रुपमा काम गर्छिन । नेपालमा पर्यटन क्षेत्रमा ठुलो सम्भावना देखीकी एलिना भन्छिन्– ‘नेपाल प्रकृतिको अनुपम उपहार हो । यसलाई प्रचार र प्रसार गर्ने हो भने नेपालको आर्थिक विकासमा ठुलो टेवा पुग्ने छ ।’ लगनशिल  र मेहनति एलिना युवा अवस्थामा नै आफुलाई होटलको क्षेत्रमा अब्बल सावित गरिसकेकी छिन् । सानैदेखी व्यवसायमा लाग्ने सोचका साथ अघि बढेकी उनले होटल म्यानेजमेन्टमा नै उच्च शिक्षा हासिल गरिन । भक्तपुरको किन्डर सेकेण्डरी स्कुलबाट विद्यालय शिक्षा लिएकी एलिनाले काठमाडौंको डनबस्को कलेजबाट होटल म्यानेजमेन्टमा उच्च शिक्षा लिइन । आयरल्याण्डबाट मास्टरको अध्ययन पुरा गरिन । उनी अध्ययन गरेको र रुचीको क्षेत्रमा काम गर्न पाउँदा आफुलाई सफल भएको मान्छिन् । सधै उनको ध्यान आफ्नो व्यवसाय कसरी विस्तार गर्ने भन्नेमा नै जान्छ । हरपल आफ्नो व्यवसायको बारेमा सोच्ने गर्छिन । उनको जिम्मेवारीमा बजार हेर्ने भएको हुँदा पनि उनी यसमा गम्भिर भएर लागेकी छन् । आफ्नो कामबाट सन्तुष्टि मिलेको उनी बताउँछिन् ।  अहिले नेपालमा आन्तरिक पर्यटकको संख्या बृद्धि हुँदै गएको उनको अनुभव छ । पहिलेको तुलनामा नेपालीहरु घुम्न थालेको उनले देखेकी  छिन् ।

नेपालमा आन्तरिक पर्यटकले नै धेरै व्यवसाय धानेको उनी बताउँछिन् । नेपालमा एयरपोर्टहरुको निर्माणले पनि पर्यटन क्षेत्रमा ठुलो सहयोग पुग्ने उनको अपेच्क्षा छ । जीवनमा सहि समयमा सहि काम गर्नु पर्ने उनको मान्यता छ । केहि गर्ने प्रणका साथ अघि बढेमा मात्र जीवनमा सफल भइने उनी बताउँछिन् । एलिना ध्वजु अहिले आफ्नै पारिवारिक व्यवसाय होटल कन्ट्री भिल्ला नगरकोटको व्यापार तथा बजार म्यानेजरको रुपमा काम गरिरहेकी छिन् । सानोमा  कम बोल्ने स्वभाकी एलिना अहिले आफ्नो व्यवसायको प्रबद्र्धनमा व्यस्त छिन् । उच्च शिक्षा हासिल गर्दादेखी नै व्यवसायमा लागेकी एलिना आफ्नो काम प्रति इमान्दारिताका साथ लागिरहेकी छन् । आफ्नो पारिवारिक व्यवसाय भएपनि उनीमा कुनै दम्भ नभई एउटा कर्मजिवीको रुपमा काम गर्छिन । नेपालमा पर्यटन क्षेत्रमा ठुलो सम्भावना देखीकी एलिना भन्छिन्– ‘नेपाल प्रकृतिको अनुपम उपहार हो । यसलाई प्रचार र प्रसार गर्ने हो भने नेपालको आर्थिक विकासमा ठुलो टेवा पुग्ने छ ।’ लगनशिल  र मेहनति एलिना युवा अवस्थामा नै आफुलाई होटलको क्षेत्रमा अब्बल सावित गरिसकेकी छिन् । सानैदेखी व्यवसायमा लाग्ने सोचका साथ अघि बढेकी उनले होटल म्यानेजमेन्टमा नै उच्च शिक्षा हासिल गरिन । भक्तपुरको किन्डर सेकेण्डरी स्कुलबाट विद्यालय शिक्षा लिएकी एलिनाले काठमाडौंको डनबस्को कलेजबाट होटल म्यानेजमेन्टमा उच्च शिक्षा लिइन । आयरल्याण्डबाट मास्टरको अध्ययन पुरा गरिन । उनी अध्ययन गरेको र रुचीको क्षेत्रमा काम गर्न पाउँदा आफुलाई सफल भएको मान्छिन् । सधै उनको ध्यान आफ्नो व्यवसाय कसरी विस्तार गर्ने भन्नेमा नै जान्छ । हरपल आफ्नो व्यवसायको बारेमा सोच्ने गर्छिन । उनको जिम्मेवारीमा बजार हेर्ने भएको हुँदा पनि उनी यसमा गम्भिर भएर लागेकी छन् । आफ्नो कामबाट सन्तुष्टि मिलेको उनी बताउँछिन् ।  अहिले नेपालमा आन्तरिक पर्यटकको संख्या बृद्धि हुँदै गएको उनको अनुभव छ । पहिलेको तुलनामा नेपालीहरु घुम्न थालेको उनले देखेकी  छिन् ।  नेपालमा आन्तरिक पर्यटकले नै धेरै व्यवसाय धानेको उनी बताउँछिन् । नेपालमा एयरपोर्टहरुको निर्माणले पनि पर्यटन क्षेत्रमा ठुलो सहयोग पुग्ने उनको अपेच्क्षा छ । जीवनमा सहि समयमा सहि काम गर्नु पर्ने उनको मान्यता छ । केहि गर्ने प्रणका साथ अघि बढेमा मात्र जीवनमा सफल भइने उनी बताउँछिन् ।

पहिले देखी नै सौन्दर्य प्रतियोगितामा भाग लिने सपना भएपनि  कलेज जीवनबाट नै व्यवसायमा व्यस्त भएको हुँदा उनले आफ्नो चाहना पुरा गर्न सकेकी थिएनन् । तर विवाह पछि उनले ¥याम्प जोन इन्टरटेन्मेन्टले आयोजना गरेको मिसेस नेपाल ग्राण्डमा भाग लिँदै सेकेण्ड रनरअप हुन सफल भइन । उक्त प्रतियोगितामा सहभागी भएर आफ्नो जीवनमा ठुलो परिर्वतन आएको उनका अनुभव छ । त्यहाँ सिकेका कुराले व्यवसाय विस्तारमा टेवा पुगेको अलिना बताउँछिन् । उनी विभिन्न सौन्दर्य प्रतियोगितामा निर्णायकको भूमिका समेत निर्वाह गरिसकेकी छन् ।  विवाहित महिलाहरु प्नि आफ्नो इच्क्षा र चाहनालाई मार्न नहुने उनको तर्क छ ।

सरकार र व्यवसायी  दुवै पक्षको सहकार्यमा मात्र नेपालको पर्यटन विकास हुने उनले देखेकी छन् । नेपालबाट अन्तराष्ट्रिय क्षेत्रमा जाने सन्देशले पनि पर्यटक आउने संख्यामा फरक पर्ने अलिना बताउँछिन् । नेपालको प्रकृतिसंग रमाउन र अध्ययनका लागि बढि विदेशीहरु आउने गरेको छ । होटल क्षेत्रमा दक्ष जनशक्ति विदेशमा बढि जाने गरेका छन् । नेपालमा भन्दा बढि विदेशमा अवसर र आर्थिक रुपमा पनि बढि हुने भएको हुँदा युवाहरु विदेशमा जाने चाहने गरेको एलिना बताउँछिन् । तर नेपालमा दक्ष जनशक्तिको  लागि राम्रो अवसर भए पनि नेपालको राजनीतिक अस्थिरताले  युवाहरुमा प्रभाव परेको एलिना बताउँछिन् ।  ग्राहकहरुको सेवाको लागि कुनै पनि सेवा र सुविधामा कमि हुन नदिएको र जसको कारण ग्राहकहरु सन्तुष्ट भएको अलिनाको दावि छ ।  काममा प्रतिबद्ध भएर  लागेमा मात्र सफल हुनेमा उनी विश्वास राख्छिन् ।

गत माघमा विवाह बन्धनमा बाधिएकी एलिनाको परिवारको सहयोगको कारण नै काम गर्न सहज भएको उनको अनुभव छ । परिवार र व्यवसायलाई संगै अघि बढाउन त्यति धेरै गाह्रो नभएको एलिना बताउँछिन् ।  एलिना श्रीमान्, सासुसुरा, देवर, देउरानीको साथमा खुशी जीवन बिताइरहेकी छन् ।

प्रस्तुति :  मनोज थापा

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij