
अर्थ नेपाल काठमाडौं/प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो पार्टी बनेको एमालेका अध्यक्ष केपी शर्माओली विरुद्ध उनी निकटकै नेताहरु देखिएका छन् । माओवादी केन्द्रसंग एकता गर्नका लागि ओलीले सो पार्टीका अध्यक्ष पुष्पकमल दाहालसंग सहमति गरेका छन् । तर, उनका विश्वासपात्र मानिएका महासचिव इश्वर पोखरेललगायत नेताहरु भने पार्टी एकताको विपक्षमा सार्वजनिक अभिव्यक्ति दिइरहका छन् । यसले ओलीलाई कसरी अघि बढ्ने भन्ने विषयमा अफ्टेरो परिरहेको स्रोतहरु बताउँछन् । प्रत्यक्ष तर्फको निर्वाचनको नतिजामा एमाले पहिलो बनेको छ । समानुपातिको मतगणनामा पनि एमाले पहिलो नै देखिएको छ । तर, राष्ट्रियसभाको मुद्धा नमिलेका कारण समानुपातिक सूची आधिकारिक रुपमा सार्वजनिक भएको छैन् ।
संविधान र निर्वाचन कानुन अनुरुप राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि मात्रै निर्वाचनको चक्र पुरा हुन्छ । तर, एमाले अध्यक्ष ओलीले बहुमतको अहंकार देखाउदै राष्ट्रियसभा गठन अघि प्रधानमन्त्री चयन हुनु पने अडान राखिरहेका छन् । राष्ट्रियसभा कांग्रेस, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरम एकल संक्रमणीय प्रणालीका आधारमा निर्वाचन गरेर गठन गर्नु पर्ने बताइरहेका छन् ।
तर, एमालेका अन्य नेताहरु अरु दलको सो भनाईमा सहमत भएपनि अध्यक्ष ओली बहुमतीय प्रणालीबाट राष्ट्रियसभा गठन गर्नेगरी अधयादेश जारी गर्नु पर्ने पक्षमा छन् । जुन संविधान विपरित हो । तसर्थ ओली त्यो मुद्दामा हार्ने निश्चित छ त्यसमाथि एमालेकै धेरै नेताहरु ओलीले लिइरहेको अडानको विपक्षमा देखिन्छन् । एमालेमा ओली विरुद्ध उभिदै आएका माधवकुमार नेपाल पक्षीय नेताहरु अहिले मौन रुपमा केपी ओलीको विपक्षमा मोर्चाबन्दी गरिरहेका छन् । नेपाल पक्षीय नेताहरु पार्टी एकता गरेर बरु प्रचण्डलाई अध्यक्ष दिनै पर्ने पक्षमा देखिन्छन् । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै ओलीलाई दिनुपर्ने बाध्यता देखिएकोले अहिले ओलीलाई सकेसम्म प्रधानमन्त्री पनि बन्न नदिने पक्षमा उनीहरु छन् । महत्वपूर्ण ठाउँको मुख्यमन्त्री पनि आफैं राख्ने, संसदीय दलदेखि पार्टीका सबै पदहरुमा आफ्नो एकलौटी गर्ने ओलीको प्रवृत्तिका कारण नेपाल पक्ष अहिले ओलीसँग रुष्ट ट । त्यसको लागि नेपाल पक्षधर राष्ट्रियसभा सम्बन्धी विधेयकमा ओलीलाई अडान लिन लगाएर ओलीको सम्भावित प्रधानमन्त्री पद गुमाउन चाहन्छ । नेपाल पक्षको त्यो अडानमा भित्रभित्रै ओलीका विश्वासपात्र नेताहरु पनि लागेपछि ओलीले आफ्नैहरुबाट आफु असुरक्षित रहेका बताउन थालेका छन् । आफ्नो लक्ष्य असफल भएमा जिवनभर लगाएर कमाएको छबी तत्काल गुम्ने चिन्ता ओलीलाई छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij