२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आफ्नो कारलाई यसरी चुस्त राखौ

आफ्नो कारलाई यसरी चुस्त राखौ

2.1K
Shares

अर्थ नेपाल काठमाडौं/ हामी आफ्नो शरीरलाई चुस्त, स्फुर्ति र तन्दुरुस्त राख्नका लागि नियमित व्यायाम गर्छौ । खानपानमा ध्यान दिन्छौ । स्वास्थ्य परीक्षण गराउछौ । तर, हामीले प्रयोग गरिरहेको सामग्रीलाई कसरी सुरक्षित राख्दै लामो समयसम्म टिकाउने ? यस सम्वन्धमा खासै ख्याल गर्दैनौ । खासगरी आफ्नो कारको टिकाउ र सुरक्षाका लागि अवलम्वन गर्न सकिने उपाय उल्लेख गरिएको छ ।

इन्जिन
कारको पुरै पर्फमेन्स इन्जिनमा निर्भर रहन्छ । अतः इन्जिनलाई सहि ढंगले सञ्चालन गर्नका लागि सहयोग गर्छ, लुब्रिकेन्टले । यसैले लुब्रिकेन्टलाई हरेक १५–२० दिनको अन्तरमा परीक्षण गरिरहनु पर्छ । कतै कारको आयल त लिक भैरहेको छैन ? हेर्नुपर्छ । यदि त्यस्तो अवस्था भए तुरुन्तै मेकानिककहा चेक गराउनुपर्छ । अन्यथा खतरा हुनसक्छ ।

टायर प्रेसर
कारमा वाहिर निस्कनुपूर्व टायरको हावाको प्रेसर जाच्नुपर्छ । यदि टायरमा हावा कम भए त्यसको सम्पूर्ण भार इन्जिनमा पर्न जान्छ । यसले प्रत्यक्ष रुपमा कारको माइलेज प्रभावित हुन्छ । यसका साथै स्वयं टायरलाई पनि यसले नोक्सान पु¥याउ“छ । यसमा अतिरिक्त घर्षण हुन गइ टायरको आयु छोटो हुन्छ ।

ब्रेक
कारको व्रेक ठीक छ/छैन चेक गरिरहनु पर्छ । खासगरी वर्षायाममा व्रेकमा चाडै समस्या आउन सक्छ । साथै व्रेक लगाएको समयमा आवाज निस्कन थाल्यो भने पनि त्यसमा शंका गर्नुपर्छ । यदि व्रेकलाई नियमित रुपमा चेक गरिएन भने यो तपाईका निम्ति घातक सावित हुनसक्छ ।

कुलिङ सिस्टम
गर्मीको समयमा कारको इन्जिन तातिने समस्य हुन्छ नै । यद्यपि यसमा सतर्कता अपनाउनु भने पर्छ । त्यसैले तपाईले आफ्नो कारको रेडिएटरमा कुलेन्टको मात्रा निरीक्षण गरिरहनु पर्छ । हरेक २ वा ३ दिनमा कारमा वाटर कुलेन्टको जाच गर्नुपर्छ ।

क्लच
यदि तपाईलाई विना काम पनि क्लच दवाउने वानी छ भने क्लच ड्यामेज हुनसक्छ । यसका साथै क्लचमा कुनै समस्य छ÷छैन नियमित चेकअप गर्नुपर्छ ।

शुद्ध पेट्रोल
अस्वस्थकर खानाले हाम्रो स्वास्थ्य विगार्छ । त्यस्तै, अशुद्ध पेट्रोलले गाडीको इन्जिनलाई नोक्सान पु¥याउछ । अरु भन्दा पनि अशुद्ध पेट्रोलको कारण कारको इन्जिन छिटै विग्रने गर्छ । प्रयास गरौ कि, यस्तो पम्पमा फ्युल भरौ, जहा शुद्ध पेट्रोल पाइन्छ ।

एक्स्ट्रा फयुज
कतिपय अवस्थामा फ्युज जस्ता सामान्य कुराले पनि कार वन्द हुन्छ । यसैले कतै जानुअघि कारमा एक्ट्रा फ्युज राखौ । सामान्यत फ्युज वदल्नु गाह्रो हुन्न, कतै फ्युज फुत्किएमा त्यसलाई वदल्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij