२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विकास र अनु अभिनित ‘पन्चेबाजा’ सार्बजनिक

विकास र अनु अभिनित ‘पन्चेबाजा’ सार्बजनिक

1.4K
Shares

 

अर्थ नेपाल काठमाडौं /गायक कमल ज्ञवालीले नयाँ गीत ‘पन्चेबाजा’ सार्बजनिक गरेका छन् । लोक शैलीको सार्बजनिक गीतमा अनु शाह, बिकास लामिछाने, यसराज र रबिनाको अभिनय देख्न सकिन्छ ।
मौलीक पन्चेबाजा र माया प्रेमको बिषयमा तयार पारिएको म्युजीक भिडीयोलाई निर्देशक समन अधिकारीले निर्देशन गरेका हुन् । कमल ज्ञवाली र देबी घर्तिको स्वर र ज्ञवालीकै शब्द , संगीत सुन्न सकिन्छ भने गीतको एरेन्ज आशिस अबिरालले गरेका हुन् । गीतमा निर्माण भने भेष नारायण गुरुङले गरेका छन् ।
हाल क्यानडामा बस्दै आएका ज्ञवालीको ‘ पन्चेबाजा’मा भेष नारायण गुरुङले लगानी गरेका छन् । गीतमा भिडीयोमा रामेश्वर कार्कीको छायाँकन , रोचक थापाको निर्त्य , र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij