२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सेवा नै जीवनको लक्ष्य

सेवा नै जीवनको लक्ष्य

3.5K
Shares

 

 

डा.दिवा हमाल
नेत्ररोग विशेषज्ञ
विराटनगर आँखा अस्पताल

मानिस यो संसारमा जन्म लिएर आएपछि समाजको लागि केहि गर्नु पर्छ भन्ने मान्यता डा. दिवा हमालको छ । अहिले विराटनगर आँखा अस्पतालमा कार्यरत रहेकी हमाल सानैदेखी शान्त स्वभावकी थिइन । उनी आफ्नो काम प्रति भने सधै जिम्मेवार ढंगबाट प्रस्तुत हुन्छिन् । अध्ययनको लागि काठमाडौंको तिलगंगा अस्पतालमा रहेकी हमाल अध्ययन पुरा गरेर विराटनगरमा गएर धेरै विरामीको उपचार गर्ने प्रणका साथ अघि बढेकी छिन् । काठमाडौंको ज्ञानकुञ्ज स्कुलबाट एसएलसी पास गरेकी हमालले विश्व निकेतनबाट विज्ञान विषयमा उच्च उच्च शिक्षा लिएकी हुन । हमालले बंगलादेशबाट एमविविएस अध्ययन पुरा गरेकी छिन् । सन् २००५ बाट उनले नेपाल मेडिकल कलेज, प्रसुति गृह, क्यापिटल नसिङ होम लगायतका स्वास्थ्य प्रतिष्ठानहरुमा सेवा गरिन । सुरुका दिनहरुमा गरेको दु:ख आज उनी स्मरण गर्छिन । उनी नेपालका विभिन्न ग्रामिण भेगहरुमा गएर आँखा शिविरहरु मार्फत विरामीहरुको उपचार पनि गर्दै आएकी छिन् । नेपालमा पहिलेको भन्दा अहिले आाखाको बारेमा धेरै जनता सचेत भएको उनको अनुभव छ । पहिला आँखा विग्रने अवस्थासम्म पुग्दा पनि अस्पताल नआउने अवस्था थियो । नेपालीहरुमा विशेषगरी मोतिबिन्दु, जलविन्दु, आँखाबाट आशु आउने समस्या बढि हुने गरेको डा. हमाल बताउछिन् । खानपानदेखी लिएर वातावरणको कारण पनि आँखामा प्रभाव पर्ने गर्दछ  । शहरी क्षेत्रमा भन्दा ग्रामिण क्षेत्रमा आँखाका रोगहरु कम लाग्ने उनले बताइन । उद्योग मानव बस्तीबाट टाढा राख्ने र बायु प्रदुषण रोक्न सकेमा पनि आँखामा लाग्ने रोग धेरै कम हुने हमाल बताउाछिन् । शिक्षित व्यक्तिहरु अप्रेषन गर्न नडराउने भएपनि ग्रामिण भेगबाट आउनेहरुमा आत्मविश्वास कमि भएको उनी बताउाछिन् ।

आफ्नो समयमा मेहनत गरेर अघि बढ्नु नै जीवनको सार्थकता हुने उनी बताउाछिन् । सधै राम्रो काम गर्ने र अरुलाई सहयोग गर्नु पर्ने उनको मान्यता छ । यहि कारण उनी धुरदराजमा गएर गरिब जनताको सेवामा सर्मपित हुन्छिन् । आँखा शिवर मार्फत उनले धेरै विरामीको उपचार गरेकी छिन् । विरामी निको भएर जाने बेला प्राप्त हुने आर्शिवादले उनलाई सधै काम गर्न हौसला मिल्ने गरेको छ । आँखा नदेख्ने विरामी आँखा देख्ने भएपछि खुशी भएर उपहार बोकेर आएको कुरा उनी अहिले पनि स्मरण गर्छिन् ।

आफ्नो समयमा मेहनत गरेर अघि बढ्नु नै जीवनको सार्थकता हुने उनी बताउछिन् । सधै राम्रो काम गर्ने र अरुलाई सहयोग गर्नु पर्ने उनको मान्यता छ । यहि कारण उनी धुरदराजमा गएर गरिब जनताको सेवामा सर्मपित हुन्छिन् । आँखा शिवर मार्फत उनले धेरै विरामीको उपचार गरेकी छिन् । विरामी निको भएर जाने बेला प्राप्त हुने आर्शिवादले उनलाई सधै काम गर्न हौसला मिल्ने गरेको छ । आँखा नदेख्ने विरामी आँखा देख्ने भएपछि खुशी भएर उपहार बोकेर आएको कुरा उनी अहिले पनि स्मरण गर्छिन् । डाक्टर हुनुको नाताले अस्पतालमा समय बिताउन परेपनि हरेक समयलाई रमाइलोको रुपमा लिने गरेकी छिन् । परिवारलाई पनि उनी समय व्यवस्थापन गर्दै आएकी छिन् । परिवारको सबै सदस्यको सहयोगको कारण आफ्नो काममा पूर्णरुपमा लाग्न पाएकी बताउाछन् । उनी आफुलाई भाग्यमानी व्यक्तिको रुपमा चित्रण गर्छिन ।


ग्रामिण भेगमा रहेका धेरै विरामीहरुले अझै पनि उपचार नपाएको डा. हमालले देखेकी छिन् । आँखा देख्न नसक्ने भएमा के हुन्छ भन्ने कल्पना नगर्दा उपचारमा ध्यान नदिएको उनले बताइन । डाक्टरहरुले विभिन्न चेतनामुलक कार्यक्रम, शल्लेक्रिया जस्ता शिविर राख्नु पर्ने आवश्यकता उनले देखेकी छिन् ।
आफ्नो लक्ष्यमा प्रतिबद्ध भएर अग्रजले भनेको मानेर मेहनतका साथ अघि बढ्यो भने सफल भइने उनी बताउाछिन् । उनी भन्छिन् – ‘विराटनगरमा जब आफ्नो डिर्पाटलाई सफलताका साथ अघि बढाउन सकेपछि मात्र आफुलाई सफल भएको ठान्छु ।’ ग्रामिण भेगमा गएर उपचार गर्दा उनलाई आनन्द लाग्छ । उनी भन्छिन् -‘ स्वास्थ्य क्षेत्रसंग सम्बन्धीत सबै पक्ष मिलेर जनचेतना मुलक काम गर्न सके धेरै रोग लाग्नबाट बच्न सकिने छ भने रोग लागेको खण्डमा पनि उपचार गराउन आउनु हुन्छ ।’
काठमाडौंको कुलेश्वरमा बुबा दिनेश विक्रम हमाल र आमा मञ्जुश्री हमालकी छोरी डा. दिवा हमाल अहिले परिवारका साथ खुशी जीवन बिताइ रहेकी छिन् ।

प्रस्तुति : मनोज थापा

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij