
अर्थ नेपाल
काठमाडौं – स्याङयोङ मोटर्सले नयाँ कार ‘स्याङयोङ रेक्सटन’ नेपाली बजारमा सार्वजनिक गरेको छ । स्याङयोङको नेपालका लागि आधिकारिक बिक्रेता आईएमएस मोटर्सले एसयुभी सेगमेन्टको रेक्सटन वाई ४०० लाई नेपाली बजारमा उपलब्ध गराएको हो ।
स्याङयोङ कोरियाको लक्जरी एसयुभी ब्राण्ड हो, जुन कोरियाका ठूला अटोमोबाइल्स कम्पनीहरुमध्येको चौथो हो ।
स्याङयोङको उक्त कारमा ईएक्सडी २२० डिजेल इन्जिन र मर्सिडिज बेन्ज सेभेन–स्पिड अटोमेटिक ट्रान्समिसनको प्रयोग भएकोले आरामदायी रहेको कम्पनीले जनाएको छ ।
रेक्सटनमा ९ वटा एयरब्याग छन् । यसमा उत्कृष्ट पाश्र्व टकराव सुरक्षाका लागि क्वाड फ्रेमको पनि प्रयोग गरिएको छ । सुरक्षाको लागि इलेक्ट्रोनिक ब्रेक–फोर्स डिस्ट्रिब्युसन (इबीडी) र एन्टी–लक ब्रेक्स (एबीएस), एन्टिरोल ओभर प्रोटेक्सन (आरपी) लगायत ब्रेकहरु उपलब्ध छन् ।
गाडीमा भएका फोर ह्विल ड्राइभ टेक्नोलोजी, रियर ह्विल ड्राइभ मोड, फ्रन्ट ह्विल डबल विसबोन र रियर ह्विल मल्टी–लिंक इन्डिपेन्डेन्ट सस्पेन्सनले उच्चतम ड्राइभिङ स्थिरता र ड्राइभिङ अनुभव प्रदान गर्ने बताइएको छ ।
कम्पनीका अनुसार यसमा गतिशील र विशाल फ्रन्ट लुक बाहेक एलईडी–डीआरएल, टर्न लाइट, ब्रेक लाइट, लाइसेन्स प्लेट लाइट जस्ता फिचर छन् । सेन्टर क्रोम मोल्डिङ, तथा २० इन्चको स्पटर ह्विलले यो मोडलमा यसको स्टाइलिसनेस र सानदार छवि थपेको कम्पनीले दाबी गरेको छ ।
त्यसका अलावा गाडीमा सबैभन्दा ठूलो ८ इन्चको एचडी स्क्रिन, इन्फिनिटीको प्रिमियम १० स्पिकर सिस्टम, स्वचालित ढोका, सहज पहुँच भएको पूर्ण स्वचालित एयर कन्डिसन, पछाडि २२० भोल्टको इन्भर्टर र सामान राख्न र निकाल्न स्मार्ट टेलगेट रहेको जनाइएको छ ।
स्याङयोङ रेक्सटन वाई ४०० नेपाली बजारमा सिक्स–स्पिड म्यानुअल र सेभेन–स्पिड अटोमेटिक ट्रान्समिसन गरी दुई भेरिएन्टमा उपलब्ध छ । दुई भेरिएन्टको मूल्य क्रमशः १ करोड ११ लाख ९९ हजार र १ करोड १९ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसमा ३ वर्ष वा ६० हजार किलोमिटर सम्मको वारेन्टी रहेको कम्पनीले जानकारी दिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij