
अर्थ नेपाल
काठमाडौं – महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड अन्तर्गतको अग्नि फाउन्डेसनले महिन्द्रा पिकअप ग्राहकका लागि ‘उदय सदस्य’ योजना ल्याएको छ । उक्त योजना अन्तर्गत महिन्द्रा बोलेरो पिकअपका ग्राहकका छोराछोरीहरु मध्येबाट एसईई परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्न सफल २५ जना छात्रछात्राहरुलाई पुरस्कृत गरेको छ । अग्नि फाउन्डेसनले नक्सालस्थित महिन्द्रा सोरुममा विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

छात्रवृत्ति कार्यक्रममा अग्नि फाउन्डेसनले उदय सदस्यहरुलाई २ लाख रुपैयाँको निःशुल्क दुर्घटना बिमा, लुब्रिकेन्ट तथा स्पेयर पार्ट्सको खरिदमा १५ प्रतिशत छुट, २ सय रुपैयाँको मोबाइल रिचार्ज कार्ड जस्ता सुविधा प्रदान गर्दै आएको छ । यी आर्थिक सुविधाको साथसाथै सदस्यहरुलाई वार्षिक रुपमा गाडी सर्भिस क्याम्प तथा हेल्थ चेकअप क्याम्पको सुविधा पनि प्रदान गर्दै आएको छ ।
एदय सदस्य योजनाले महिन्द्राको आफ्नो ‘महिन्द्रा राइज’ को मर्मलाई आत्मसात गरी ग्राहकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको बताएको छ । यसका साथै योजनाले विद्यमान तथा नयाँ ग्राहकहरुलाई आर्थिक तथा गैर आर्थिक फाइदाहरु प्रदान गरेको बताएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij