२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रतिनिधिसभाका १६५ प्रतिनिधि निर्वाचित

प्रतिनिधिसभाका १६५ प्रतिनिधि निर्वाचित

2K
Shares

अर्थ नेपाल

काठमाडौँ / मंसिर १० र २१ गते भएको पहिलो र दोस्रो चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १६५ प्रतिनिधि निर्वाचित भएका छन् ।
निर्वाचन आयोगको अनुसार, प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३३० वटै प्रतिनिधि निर्वाचित भइसकेका छन् ।
नेकपा एमालेका ८०, नेकपा (माओवादी केन्द्र) का ३६, नेपाली कांग्रेसका २३, राष्ट्रिय जनता पार्टी, नेपालका ११ र संघीय समाजवादी फोरम, नेपालका १० प्रतिनिधि निर्वाचित भएका छन् । यसैगरी, नयाँ शक्ति पार्टी, नेपालका १, नेपाल मजदूर किसान पार्टीका १, राष्ट्रिय जनमोर्चाका १ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ प्रतिनिधि तथा स्वतन्त्र १ निर्वाचित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij