
काठमाडौं/माओवादी केन्द्रले अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको मृत्यु भएको आधिकारिक जानकारी गराएको छ। काठमाडौंको नर्भिक अस्पतालमा माओवादी प्रवक्ता पंफा भुसालले पत्रकारहरुसँग प्रचण्डपुत्र प्रकाशको हृदयघातका कारण मृत्यु भएको जानकारी गराएकी हुन्। प्रकाशको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि साढे १ बजेदेखि कोटेश्वरको पेरिसडाँडास्थित पार्टी कार्यालयमा राखिने भुसालले बताइन्। प्रकाशको आइतबार नै अपरान्ह ४ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने माओवादी केन्द्रले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij