राजधानीबाट नजिक भएर पनि भौगोलिक रुपमा विकट रहेको काभ्रे जिल्लाबाट आज भन्दा करिब दुई दशक अगाडी सपनाको झोला बोकेर काठमाडौंमा प्रवेश गरेका राजेन्द्रबहादुर लामाको जीवनमा धेरै उताव चढावहरु आए । त्यसलाई पार गर्दै उनी आफ्ना सपनाहरु पुरा गर्ने अभियानमा सक्रिय भए । सामान्य परिवारमा जन्मेका लामा सानैदेखी मेडिकल क्षेत्रमा काम गर्छु भन्ने सोच राखेर अघि बढेका थिए । शान्त र सोझो स्वभावका उनी २०४९ सालमा एसएलसी दिएर काठमाडौं आएपछि अमृत साइन्स क्याम्पसमा भर्ना भए तर त्यसलाई निरन्तरता नदिई डेन्टलको क्षेत्रमा प्रवेश गरे । त्यो बेला नेपालमा डेन्टल सम्बन्धी अध्ययन सुरु मात्र भएको थियो । उनले त्यो बेलासम्म डेन्टलमा काम गर्ने साथीहरुको संगतमा डेन्टल क्लिनीकमा काम सुरु गरिसकेका थिए । त्यहि भएर उनमा प्राविधिक शिक्षा अध्ययन गर्ने सोच आएर उनी डेन्टल अध्ययनमा लागेको बताउँछन् । २०५८ सालमा उनले साथीहरुको सहयोगमा दाँत बनाउने सिप सिकेका थिए । त्यसपछि बांगेमुडामा उनले क्लिनिक सञ्चालन गरे । सम्पूर्ण स्वास्थ्य सम्बन्धी काम गर्ने सोच भए पनि विभिन्न कारणले डेन्टलको क्षेत्रमा प्रवेश गरेको उनको भनाई छ । अहिले पनि त्यहाँ क्लिनिक सञ्चालनमा छ ।
जीवन भनेको संघर्ष हो र आजको काम गरौं र भोलीको लागि नराखौं । जीन्दगी बढेको खोलो हो भन्ने उनको धारणा छ । जहाँ जे काम गरे पनि राम्रोसंग ग¥यो भने सफलता पाइने राजेन्द्र बताउँछन् । आजको स्थानमा आउनका लागि राजेन्द्रले धेरै संघर्ष गरे । तर आजको सफलतामा उनी खुशी छन् । कहिले काही पहिलाको कुरा स्मरण गर्दा रमाइलो लाग्ने लामा बताउँछन् । धैर्यता, मेहनत, निडरका साथ काम ग¥यो भने अवश्य पनि सफल भइन्छ भन्ने उनको मान्यता छ ।
नेपालमा ल्याव टेक्निसियनको उत्पादन गर्ने कुनै शैक्षिक संस्था थिएन । २०६२ सालमो टेक्नियन उत्पादन गर्नका तालिम केन्द्र सञ्चालन गरे । त्यो नेपालमा पहिला थियो । त्यहि बेलादेखी नै युनिर्भसल डेन्टल हस्पिटल सञ्चालनमा ल्याएका थिए । उनले भने– ‘जनशक्ति उत्पादन गरेर युवालाई रोजगारी दिने सोचका साथ तालिम केन्द्र सञ्चालन गरेको हुँ । जसबाट युवालाई रोजगारी हुनुका साथै सहज रुपमा जनताले सेवा पनि पाए ।’ सरकारले डेन्टलहरु मापदण्ड अनुसार सञ्चालन गरेको छ कि छैन् भनेर निगरानी राख्नु राजेन्द्रको भनाई छ । यो क्षेत्रमा आएका समस्या समाधान गर्न सरकार पक्ष जिम्मेवार हुनु पर्ने उनको तर्क छ । केहि फितलो कानुनको फाइदा उठाएर गलत काम गर्नेहरुलाई सरकारले कडाई गर्नु पर्ने उनी बताउँछन् । उपचारका साथमा जनचेतना जगाउनका निम्ती स्कुल, कलेज, क्लव तथा विभिन्न ठाउँहरुमा पनि काम गरिरेहका छन् । साथमा उनले निशुल्क रुपमा सामाजिक संस्थाको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । अहिले ३० जना भन्दा बढिलाई उनले रोजगारी दिँदै आएका छन् । राजेन्द्र आफ्नै मेहनत र परिश्रमले सफलता प्राप्त गर्दै आएका युवा हुन । पहिलेको भन्दा अहिले मानिसलाई दाँतको उपचार गर्नु पर्छ भन्ने सोचको विकास भएको उनले देखेका छन् । आर्थिक अभावको कारण पनि उपचार गर्न नआउने गरेको उनी बताउछन् । तर उनी आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई निशुल्क तथा कम शुल्कमा उपचार गराएको बताए ।
दाँतका सम्बन्धी सम्पूर्ण रुपमा युनिर्भसलमा उपचार हुने उनी बताउँछन् । युनिर्भसल डेन्टलले उपचारका लागि आवश्यक सम्बन्धी सम्पूर्ण उपकरणहरुका साथ जनताको सेवा गरिरहेको छ । जीवन भनेको संघर्ष हो र आजको काम गरौं र भोलीको लागि नराखौं । जीन्दगी बढेको खोलो हो भन्ने उनको धारणा छ । जहाँ जे काम गरे पनि राम्रोसंग ग¥यो भने सफलता पाइने राजेन्द्र बताउँछन् । आजको स्थानमा आउनका लागि राजेन्द्रले धेरै संघर्ष गरे । तर आजको सफलतामा उनी खुशी छन् । कहिले काही पहिलाको कुरा स्मरण गर्दा रमाइलो लाग्ने लामा बताउँछन् । धैर्यता, मेहनत, निडरका साथ काम ग¥यो भने अवश्य पनि सफल भइन्छ भन्ने उनको मान्यता छ । अस्पतालको सेवालाई विस्तार गर्दै गुणस्तरिय सेवामा कुनै सम्झौता नगर्नेमा उनी प्रतिबद्ध छन् । काभ्रेको कटुञ्ज गाविसममा बुबा चतुरमान लामा र आमा प्रेममायाको कान्छो पुत्रको रुपमा जन्मेका लामा डेन्टल क्षेत्रमा सम्भावना बोकेका युवा व्यवसायी हुन । नेपालमा नै केहि गर्नु पर्छ सोच भएका युवा हुन । राजेन्द्र धेरै युवाका लागि प्रेरणाका स्रोत हुन ।
बुबा आमा, तिन दाजुभाइ रहेका लामा हाल काठमाडौंमा श्रीमति र छोराछोरीका साथ खुशी जिवन बताइरहका छन् । परिवारको साथ र सहयोगले नै यो सफलता प्राप्त भएको लामा बताउँछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij