२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बाझो जग्गा र प्लटिङले खाद्य उत्पादन घट्यो

बाझो जग्गा र प्लटिङले खाद्य उत्पादन घट्यो

2.6K
Shares


अर्थ नेपाल पोखरा/ दिन प्रतिदिन उर्भर भुमि बाझो हुनु, प्लटिङहरु बढ्दै जादाँ खाद्य संकट हुन सक्नेमा चिन्ता व्यक्त गरेका छन् । कारितास नेपाल फिल्ड कार्यालय कास्कीले आइतबार पोखरामा आयोजना गरेको ३७ औ विश्व खाद्य दिवसको अवसरमा आयोजीत अन्तरक्रिया कार्यक्रमका वक्ताले त्यस्तो बताएका हुन् ।

खाद्य र ग्रामिण विकासमा लागनी बढाऔ, भावी बसाई सराई व्यवस्थित गरौ भन्ने नाराका साथ भएको कार्यक्रममा कृषि उत्पादनमा घट्दोक्रमलाई रोक्नु पर्नेमा उनीहरुको जोड् थियो । कार्यक्रमा क्षेत्रिय कृषि निदेशनालयका प्रमुख शरदचन्द्र श्रेष्ठले बालीमा रासायनीक मलको प्रयोगले पनि खाद संकट बढ्दै गएको बताए । उनले रासायनीक मलको प्रयोगले केही बर्ष उत्पादन बढि भएपनि पछि घट्दै जाने बताए ।

रासायनीक मलको प्रयोग घटाउनु पर्नेमा उनलको जोड् थियो । कार्यक्रममा जिल्ला कृषि कार्यालय कास्कीका बाली संरक्षण अधिकृत लोकेन्द्र बोहोरा, क्षेत्रिय बाली संरक्षण प्रयोगशालाका प्रमुख धनबहादुर राना, जिल्ला कृषि कार्यालय बाली संरक्षण अधिकृत इस्तुती आर्चाय, पोखरालेखनाथ महानगरपालिका बरिष्ठ अधिकृत ओमराज पौडेल, हिन्दुमहासंघ कास्कीका अध्यक्ष पार्वती पौडेल लगायतले पछिल्लो समयमा खाली जग्गा छोड्दैजाँदा अन्न उत्पादनमा असर पर्ने बताए ।

उनीहरुले खाली जग्गामा खेती बाली गर्नु पर्ने, प्लटिङ र बसाइ सराइलाई रोकनुपर्ने बताए । कार्यक्रम कारितास नेपाल फिल्ड कार्यालय कास्कीका प्रमुख शोभा आचार्यको अध्यक्षतामा भएको थियो । आर्चायले स्थानीय विशेषता रहेका अन्नवाली विस्तारै उत्पादन हुन छाड्नु, अत्यधिक विषादीको प्रयोगले उत्पादनशिल विशेषतायूक्त माटोको क्षमतामा ह्रास आउनु र विस्तारै रैथाने विउ विजन लोप हुँदै जानू २१ औं शताब्दिको खाद्यान्न व्यवस्थापनको चुनौति रहेको बताइन् । त्यसै गरि कारितास नेपाल फिल्ड कार्यालय कास्कीका आइपिएम अधिकृत मुक्तिनाथ पौडेलले कार्यक्रमका बारेमा जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij