
अर्थ नेपाल संवाददाता
काठमाडौं/ मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न बताएका छन्।
शुक्रबार काठमाडौंमा नेपाल संवत ११३८ को अवसर पारेर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकलाई संक्रमणकालबाट मुक्त गर्दै राजनीतिक स्थायित्व दिने दिशामा सरकार लागि परेको पनि स्पष्ट पारे। प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयनपछि मुलुकमा राजनीतिक स्थायित्व कायम हुने विश्वास पनि व्यक्त गरे। उनले लोकतन्त्रको सबलीकरण, आर्थिक समृद्धि र नागरिकको अधिकार रक्षाका लागि सरकारले सक्दो पहल गरिरहेको पनि बताए। साथै देशले सुम्पेको जिम्मेवारी पूरा गर्न आम नागरिकबाट आफूले साथ र सहयोग पाउने विश्वास व्यक्त गरे।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij