
अर्थ नेपाल संवाददाता
काठमाडौं /आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर सरकारले म्यादी प्रहरीको भर्ना आह्वान गरेको छ । मंगलबार प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै ९८ हजार २ सय ६८ म्यादी प्रहरीमा भर्ना आह्वान गरेको हो ।
इच्छुक उम्मेदवारले आजबाट दरखास्त ७५ वटै जिल्लाका प्रहरी कार्यालयबाट दिन सकिने छ । काठमाडौं उपत्यकाको हकमा भने प्रहरी परिसरबाट आवेदन दिन सकिनेछ । दरखास्त बुझाउने अन्तिम म्याद असोज ३० गतेसम्मका रहेको छ । प्रहरी प्रधान कार्यालयको अनुसार म्यादी प्रहरीको छनौट कात्तिक ५ गतेदेखि ८ गतेसम्म गर्ने रहेको छ ।
म्यादी प्रहरीले नेपाल प्रहरीको जवान सरह ५५ दिनको पारिश्रमिक, राशन र स्थानीय भत्ता पाउनेछन् ।नेपाली नागरिक १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेकाले म्यादी प्रहरीको दरखास्त दिन सक्नेछन् भने उम्मेदवार कुनै पनि राजनीतिक दलमा आवद्ध नरहेको, नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुर ठहर नभएको र शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त हुनुपर्नेछ । त्यसैगरी शैक्षिक योग्यताको हकमा भने साधारण लेखपढ भए मात्रै पुग्नेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij