२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

चुच्चेपाटीमा सामसङ्ग डिजिटल प्लाजा खुल्यो

चुच्चेपाटीमा सामसङ्ग डिजिटल प्लाजा खुल्यो

1.5K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /बौद्ध चुच्चेपाटीमा सामसङ्गको नेपालका लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्सले सामसङ्ग डिजिटल प्लाजा संचालनमा ल्याएको छ।
हिम इलेक्ट्रोनिक्स निर्देशक सीमा गोल्छा र सामसङ्गका ब्रान्ड एम्बेस्डर ज्योत्सना योगीले संयूक्त रुपमा शोरुमको उद्घाटन गरे। यो प्लाजामा सामसङ्गका कर्भ्ड टिभी, एलइडी टिभी, मोबाइल फोन, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन लगायत उत्पादनहरु पाइने छ।
अत्याधुनिक र सुविधा सम्पन्न प्लाजामा सामसङ्गका इलेक्ट्रोनिक्स तथा होम अपलायन्सका सामानहरु पाइने बताइएको छ।

काठमाडौँ उपत्यका भित्र ८ वटा र उपत्यका बाहिर ५ वटा गरेर हालसम्म १३ वटा सामसङ्ग प्लाजा खुुलिसकेको छ। नयाँ शोरुम शुभारम्भ भएको अवसरमा हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले ग्राहकहरुको बढ्दो मागलाई व्यवस्थित गर्न शोरुम स्थापना गरिएको बताइन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij