
अर्थ नेपाल संवाददाता
काठमाडौं /राजधानीको मैतीदेवीकी सुरुची पाण्डेले मिसेस नेपाल इन्टरनेशनल २०१७ को उपाधि चुमेकी छिन् । गैरसरकारी संस्थामा कार्यरत सुरुचीले ३८ प्रतिसप्रधिलाई पछाडि पार्दै उक्त ताज आफ्नो शिरमा राख्न सफल भएकी छिन् । रिवन इन्टरनेटमेन्ट प्रालिद्धारा मंगलबार राती भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा आयोजित मिसेस नेपाल इन्टरनेशनल २०१७ को उपाधिका साथमा उनले मष्ट ट्यालेन्ट र वेष्ट क्याटवकको उपउपाधिमसमेत जितेकी सुरुचीले मुख्य उपाधि विजेता भएवापत अमेरिकामा हुने मिसेस इन्टरनेशनल २०१७ मा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छिन् ।
उनले उपाधि जितेवापत रमन मोर्टसको काइट प्लस स्कुटरका साथै अन्य गिफ्ट ह्याम्पर पनि प्राप्त गरेकी छिन् । आयोजक संस्थाका अध्यक्ष निशु झाका अनुसार यसै वर्षबाट मिसेस नेपाल इन्टरनेशनल उपाधि विजेतालाई सो अन्तराष्ट्रिय स्पर्धामा नेपालको प्रतिनिधित्व हुने ब्यबस्था मिलाइएको हो ।बिबाहित महिलाहरुबिचको मिसेस नेपाल इन्टरनेशनल २०१७ मा रवि भवनकी बैंकर्स यसोदा पोखरेल फस्ट रनर्सअपका साथमा वेष्ट स्पिच, भक्तपुरकी प्रतिज्ञा राई सेकेण्ड रनर्सअपका साथमा वेस्ट फिजिक र नगरकोटकी सम्झना त्रिपाठी थर्ड रनर्सअपका साथमा सोसल वेलफेर एम्वेस्डर भए भने पुरानो वानेश्वरकी ज्योति दाहाल पनेरु फोर्थ रनर्सअप र सीता ओली मष्ट पपुलर भइन् ।

नायकद्धय रमेश उप्रेती र आर्यन सिग्देल, साहित्यकार तथा सत्यनिरुपण तथा मेलमिलाप आयोगकी मञ्चला झा, प्रोफेसर डा.जितेन्द्रप्रसाद उपाध्याय, बैंकर्स अनिता प्रधान र मिसेस नेपाल इन्टरनेशनल २०१५ सविता लामिछाने निर्णायक रहेको प्रतियोगितामा गुञ्जना ढुङ्गागाना वेष्ट पर्सनालिटी, सुमित्रा कट्टेल वेस्ट स्कीन, जलता खनाल आचार्य वेस्ट हेयर, इशा भट्टराई व्यूटी विथ पर्पस, रिता सिंह रिमाल फेसबुक च्वाईस, अन्विसा शेर्पा मिसेस बब्ली फेस, रेनु श्रेष्ठ मर्हजन भिवर्स च्वाईस, लक्ष्मी तिमल्सीना मष्ट फोटोजेनिक, दिलमाया गुरुङ मिसेस कन्जिनियालिटी, सस्मिना राउत वेस्ट स्माइल, पुजा लामा कुँवर फेशन आईकन, सर्मिला श्रेष्ठ र उर्मिला श्रेष्ठ म्यानेजमेन्ट च्वाईस तथा सोभा शाक्य वेस्ट डिसिप्लीन भएका थिए । प्रतियोगिता कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी र सञ्चालनमा भएको थियो ।
भव्य समारोहका बिच सम्पन्न उक्त कार्यक्रम रमन मोर्टसको प्रायोजन र सिग्नेचरको सहप्रायोजनमा भएको कार्यक्रममा गायक रमेशराज भट्टराई र ध्रुर्ब िवस्कोले गीत संगीत तथा प्रिति कार्कीले नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij