२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

प्रचण्डको निर्वाचन क्षेत्रमा माओवादी विजयी

प्रचण्डको निर्वाचन क्षेत्रमा माओवादी विजयी

1.4K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र रहेको दुई नम्बर प्रदेशको सिरहाबाट नेकपा माओवादी केन्द्रले जीतको खाता खोलेको छ । सिरहाको कर्जन्हा नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् ।
कर्जन्हा नगरपालिकामा कुल १५ हजार ४७४ मतदातामध्ये १२ हजार १३२ मत खसेको थियो ।
मेयरमा गंगा पासवान ४ हजार ३०९ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामदियाल महतोले ३ हजार १९० मत ल्याएका छन् । यसैगरी उपमेयरमा ज्ञानुकुमारी श्रेष्ठ ४ हजार ३१३ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकै अञ्जु रायले २ हजार ९४५ मत पाए ।
उक्त नगरपालिकाको ११ मध्ये ९ वटा वडामा माओवादी केन्द्र विजयी भएको छ । वडा नम्बर २ र ६ एमाले विजयी भएको छ भने बाँकी सबै वडा माओवादी केन्द्रले जितेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij