अर्थ
नेपाल संवाददाता
चितवन /चितवन अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा कृष्णप्रसाद काफ्ले निर्वाचित भएका छन् ।
एसोसिएसनको १६औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनबाट उनको अध्यक्षतामा नयाँ कार्यसमिचि चयन भएको हो ।
कार्यसमितिको प्रथम उपाध्यक्ष अमृत जोशी, द्वितीय उपाध्यक्ष कृष्णप्रसाद भण्डारी, सचिवमा कुलबहादुर क्षत्री, कोषाध्यक्षमा राजेन्द्र भट्टराई, सहसचिवमा सुमन बर्तौला र सहकोषाध्यक्षमा दीपमणि पाठक सर्वसम्मत रूपमा चयन भएका छन् ।
त्यसैगरी भीम सुवेदी, प्रशान्त पौडेल, पुरुषोत्तम पौडेल, विपिन सुवेदी, जीतबहादुर सेढाईं, देवी बराल र टङ्कप्रसाद दवाडी सदस्यमा चयन भएका छन् । अध्यक्षबाहेकका सबै पद सर्वसम्मत रूपमा चयन गरिएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij