२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सुनसरीमा केराखेतीमा ठूलो क्षति हुँदा किसान चिन्तित

सुनसरीमा केराखेतीमा ठूलो क्षति हुँदा किसान चिन्तित

2.5K
Shares

अर्थ नेपाल संवाददाता
सुनसरी /केही दिन अगाडि आएको बाढीका कारण सुनसरीमा केराखेतीमा ठूलो क्षति भएको छ ।
जिल्लाको अधिकांश स्थानका केराखेती बगाएको र बचेका पनि सुक्न थालेपछि स्थानीय किसान निराश बनेका छन् । बाढीका कारण सदरमुकाम इनरुवा, भोक्राहा, जल्पापुर, बबिया, देवागञ्ज, हरिनगर, गढी र बर्जूलगायतका क्षेत्रमा केराखेतीमा क्षति भएको छ ।
सुनसरीमा झण्डै ७०० हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएकोमा झण्डै १०० हेक्टर क्षेत्रफलको केराखेती बाढीले कटान गरी लगेको र बाँकी रहेका पनि सुक्न थालेपछि किसान चिन्तित बनेक छन् ।
किसानलेप्रति हेक्टर ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म लगानी गरेर दुई लाखदेखि चार लाख रुपैयाँसम्म आम्दानी गर्दै आएकोमा यसपटकको बाढीले सबैलाई घाटा भएको एक किसाले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij