२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

एनआरएनए अध्यक्षमा भवन भट्टद्वारा उम्मेदवारी दिने घोषणा

एनआरएनए अध्यक्षमा भवन भट्टद्वारा उम्मेदवारी दिने घोषणा

1.5K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /गैर आवासीय नेपाली संघको अध्यक्षका लागि भवन भट्टले उम्मेदवारी घोषणा गरेका छन्।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको २०१७–१९ कार्यकालका लागि आफूले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका बताए। भट्टअन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्षसमेत रहेका छन् ।
गैर आवासीय नेपाली संघ जापानको स्थापनाकालदेखि सक्रिय रहेका उनी राष्ट्रिय समन्वय परिषदको अध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष भएर काम गरिसकेका छन्। भट्टले आफू अबको कार्यकालमा अध्यक्षका लागि योग्य भएको दाबी गरेका छन्। ‘संस्थाको जिम्मेवारीमा स्वभाविक रुपमा खुट्किला उक्लिदै अगाडि बढेको अनुभव र यो अभियानमा आफ्नो तर्फबाट सक्दो योगदान गरिरहेको अवस्थामा अझ बढी जिम्मेदवारी सम्हाल्न मलाइ सबैको सहयोग रहने विश्वास गरेको छु,’ भट्टले भने।

लाप्राक नमुना वस्ती, एनआरएन भवन निर्माण, भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोन्ड, सामूहिक लगानीका परियोजना निर्माण, वैदेशिक रोजगार कोषको विस्तार लगायतका कामलाई निरन्तरता दिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij