
अर्थ नेपाल संवाददाता
काठमाडौं /भोलि हुने प्रदेश २ को तेस्रो चरणको स्थानीय निर्वाचनमा मतदाता परिचय पत्र नभएपनि मतदान गर्न पाइने भएको छ ।
नागरिकता, राहदानी वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र, जग्गाधनी प्रमाणपत्र, सवारीचालक अनुमतिपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रका आधारमा मतदान गर्न पाइने आयोगका जनाएको छ । तर यसका लागि फोटो सहितको मतदाता नामावलीमा नाम भने हुनुपर्नेछ ।
स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा सानोतिनो भूलचुक मान्ने र नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउन निर्वाचन आयोगले निर्देशन दिइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij