मोडर्न तयारी पोशाक उद्योगको रुपमा २०५१ सालमा कञ्चनपुर महेन्द्रनगरबाट सेवा प्रारम्भ गरेकोे ‘सुटमाण्डू’ले काठमाडौंको पुतलिसडकमा पनि आफ्नो सेवा विस्तार गरेको छ । काठमाडौंमा ‘सुटमाण्डू’ प्रकाशबहादुर दर्जी र सुन्दर थापाले सञ्चालनमा ल्याएका हुन । सुटमाण्डुका सञ्चालक सुन्दर थापासंग मनोज थापाले गरेको कुराकानी :
सुटमाण्डुको बारेमा भन्दिनुस न ?
२०५१ सालमा धनगढीबाट सेवा सुरु भएको हो । मोफसलमा सफल हुँदै ग्राहकको मन जित्न सफल भएपछि काठमाडौंमा सञ्चालनमा ल्याएका हौं । छोटो समयमा ग्राहकको मन जित्न सफल भएका छौं । यसअघि २०६३ सालमा कैलालीको धनगढीमा मोडर्न तयारी पोशाक, २०६७ सालमा मोडर्न महिला फेशन जोन धनगढी र २०६९ सालमा सुटगढी सञ्चालनमा छन् । आफ्नो ब्राण्डप्रतिको ग्राहक आकर्षणलाई थप महत्व दिँदै यसको विस्तारमा जुटेको हौं ।
सुटमाण्डुमा नै ग्राहक किन आउने ?
हामी सामानको गुणस्तर, ग्राहकको सन्तुष्टि र आवश्यकतामा कुनै कम्प्रोमाइज गर्दैनौ । सुटमाण्डूले आफ्नो सेवामा कुनै सेवाग्राहीले गुनासो गर्ने ठाउँ दिदैन । नाफामुखी व्यवसायीक उद्योग मात्रै नभई यसले सामाजिक भेषभूषा र संस्कृति प्रर्वद्धनमा पनि सहयोग गर्दै आएको छ । आफूले आर्जन गरेको नाफाको केही अंश सामाजिक कार्यमा लगाउँछौं । सुटमाण्डूले आर्जन गरेको नाफाबाट निश्चित रकम सामाजिक सेवामा योगदान गछौं ।
कपडाहरु कताबाट ल्याउनु हुन्छ ?
हामीसंग सामान्यदेखी उच्च वर्गका व्यक्तिहरु सबैलाई हुने कपडाहरु छन् । थाइल्याण्डबाट आयात गरेका कपडा छन् ।
प्रतिस्पर्धा कतिको रहेको छ ?
प्रतिस्पर्धा एकदमै छ । हामी मोफसलबाट काठमाडौं आएको हुँदा केहि गाह्रो छ । खोलेको छोटो समयमा नै हामीले काठमाडौंका ग्राहकहरुको मन जित्न सफल हुँदै गएका छौं । मोफसलमा चर्चित भएको कारण पनि केहि सजिलो भएको छ ।
चाडपर्वको बेलामा ग्राहकले के कुरामा ध्यान दिनुपर्दछ ?
अहिलेका ग्राहकहरु एकदम सचेत हुनुहुन्छ । उहाँहरु आफै छान्नु हुन्छ । सबै कुराहरुको ज्ञान ग्राहकहरुमा भएको हुँदा हामीले त्यसको बारेमा भन्नुपर्दछ जस्तो लाग्दैन ।
व्यवसाय गर्न राज्यबाट कस्तो सहयोगको अपेच्क्षा गर्नु भएको छ ?
राज्यबाट गर्नु पर्ने कुराहरु धेरै छन् । भर्खरै प्यान नम्बर लिन पनि दुई महिना लाग्यो । महानगर वा कर कार्यालय कसलाई तिर्ने अन्यौल छ । त्यस्ता कुराहरुमा राज्यले ध्यान दिनु पर्दछ । सामान्य कुराहरुले पनि करदातालाई गाह्रो भएको छ ।
प्राविधिक क्षेत्रमा जनशक्ति अभाव छ भन्छन् नी ?
नेपालमा सिलाईको क्षेत्रमा जनशक्ति भएपनि गम्भिर भएर काम गर्ने कम छन् । भारतबाट आएका व्यक्तिहरु नै बढि छन् । सटिङ र सुटिङका लागि पनि नेपालीहरु विदेश गएको छन् । तर नेपालमा लाखौं रुपैयाँ कमाउन सक्छन् । राज्यले यसमा पनि केहि ध्यान दिनु पर्ने देखिन्छ । विदेशमा बसेका सिप भएका युवाहरुलाई नेपालमा आएर मिलेर काम गरौं भन्न चाहान्छु ।
अन्त्यमा ?
नेपालमा नै केहि गरौं । व्यवसाय भनेको आफ्नो लागि मात्र गरेको छैन् । अरुको लागि गरेको हुँ । सबैलाई सेवा गर्ने अवसर दिनु हुन आग्रह गर्दछु । साथै विजयादशमीको सबै नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij