२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

पर्यटन पत्रकार संघको अध्यक्षमा भण्डारी चयन

पर्यटन पत्रकार संघको अध्यक्षमा भण्डारी चयन

1.7K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /पर्यटन पत्रकार संघको सातौं वार्षिक साधारणसभाले नारायण भण्डारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
संघको सर्वसम्मत निर्वाचित प्रथम उपाध्यक्षमा शिव श्रेष्ठ, द्वितीय उपाध्यक्षमा शेखर अधिकारी, महासचिवमा हरिशरण न्यौपाने, सचिवमा कुमार चौलागाई र कोषाध्यक्षमा राजीव जोशी रहेका छन्। त्यस्तै, सदस्यहरुमा शंकर प्रधानाङ्ग, किशोर खड्का, सविता उप्रेती, किशोर बस्नेत, अच्यूत रेग्मी, श्रीहरी श्रेष्ठ र मोहनप्रसाद मैनालीलाई चयन गरेको छ। १५ सदस्यीय कार्यसमितिमा दुई सदस्य अध्यक्षले मनोनित गर्नेछन्।

नेपाल टेलिभिजनका बरिष्ठ सम्पादक राजु सिलवाललाई ८८४८ नगद पुरस्कारसहित ‘स्व.हरिराज जोशी पर्यटन पत्रकारिता पुरस्कारुबाट सम्मान गरिएको छ।
कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी, त्यस्तै ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपालका अध्यक्ष चन्द्र रिजाल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा लगायतले आफ्नो विचार राखेका थिए । त्यसैगरी एनएमएका निवर्तमान अध्यक्ष आङछिरिङ शेर्पाले कार्यक्रममा आफ्नो भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij