
अर्थ नेपाल संवाददाता
काठमाडौं /नेपाल स्टक एक्सचेन्ज (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत पदका लागि सरकारले ५ जनाको नाम छनोट गरेको छ । शुक्रबार अर्थ मन्त्रालयले आवेदन परेका मध्येवाट व्यवसायीक कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्र्तवार्ताका लागि ५ जनाको नाम छनोट गरेको हो । चावहिल काठमाडौका चन्द्रसिंह साउद, पुरानो वानेश्वरका प्रमोदराज शर्मा, शान्तिनगर झापाका प्रविन पन्दाक, भैरवी दैलेखका मनोजकुमार ज्ञवाली र बालाजु काठमाडौंका सीताराम थपलियाको नाम छनोट गरेको हो । अन्तरवार्ता र व्यवसायीक योजनाका आधारमा ५ जना मध्ये एक जनालाई अर्थले नेप्सेको सिइओमा छनोट गर्नेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij