
अर्थ नेपाल संवाददाता
नुवाकोट/ नुवाकोटमा यात्रुबाहक बस दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ भने ३० जना घाईते भएका छन् ।
काठमाण्डौंबाट नुवाकोटको खरानीटारतर्फ आउँदै गरेको बा १ ख ६३४८ नम्बरको यात्रुबाहक बस शिवपुरी गाउपालिका वडा नम्बर ७ सुनखानीको थानाभञ्याङ भन्ने स्थानमा दुर्घटना हुँदा घटनास्थलमा ३ जना, काठमाडौको ग्रिनसिटि अस्पतालमा २ जना र विपी स्मृति अस्पतालमा १ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा मृत्यु हुनेमा तादी गाँउपालिका वडा नम्बर ५ का ४५ बर्षिय लक्ष्मी न्यौपाने, ६७ बर्षिय ठुलीमाया तामाङ र विदुर नगरपालिका वडा नम्बर ९ जफतिका २१ बर्षिय शशि बोगटी रहेका छन् ।

यसैगरी, उपचारको क्रममा काठमाडौको ग्रिनसिटि अस्पतालमा लालबहादुर तामाङ र उजेली मिजारको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, काठमाडौकै ग्रेन्डी अस्पतालमा सविना तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको अहिले ग्रिन सिटि, विपी अस्पताल र ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । शिक्षण अस्पतालमा सुर्यगढी गा.पा २ बस्ने वर्ष २३ को दिनेश श्रेष्ठ मृत्यु भएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij