२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

तेस्रो कीर्तिपुर दशैं तथा व्यापार महोत्सव भदौ २८ गतेबाट हुँदै

तेस्रो कीर्तिपुर दशैं तथा व्यापार महोत्सव भदौ २८ गतेबाट हुँदै

2K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौँ /पर्यटकिय नगरी किर्तिपुरमा तेस्रो कीर्तिपुर दसैं तथा व्यापार महोत्सव २०७४ यहि भदौ २८ गते बुधवारदेखि असोज ११ गतेसम्म किर्तिपुरको नयाँ बजार खेलकुद मैदानमा हुने भएको छ ।
सधै सामाजिक कार्य तथा औधोगिक व्यापार मेला महोत्सव गर्दै आएको औधोगिक शान्ति नेपाल संस्थाले यसपाली भने राईज म्युजिक प्रालि, राजकमल महर्जन तथा शशिर महर्जनको संगको संयुक्त आयोजनामा हुने भएको छ । शुक्रवार कीर्तिपुरमा पत्रकार सम्मेलन गरेर कार्यक्रमको बारेमा आयोजक संस्थाले जानकारी दिएको छ ।
किर्तिपुर आफैमा एक धार्मिक, सांस्कृतिक, र पर्यटकीय दृष्टिकोणले महत्वपुर्ण स्थल रहेको छ ।यसै अनुरुप यस मेलाले किर्तिपुरको आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि गरि आर्थिक रुपले मजबुत बनाउने र किर्तिपुरलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले बताए । राइज म्युजिकका बिनोद सिंहका अनुसार महोत्सवमा कीर्तिपुर नगरपालिकाका १ं० वटा वडाका लागि एक–एक वटा स्टलहरुको फ्री व्यवस्था गरिएको छ । ती स्टलमा कीर्तिपुरको मौलिकता झल्कने सामाग्रीहरु प्रदर्शन गरिने छ । महोत्सव दसैंको किनमेलका लागि राम्रो गन्तव्य हुने आयोजक मध्येका एक राज कमल महर्जनले बताए ।
महोत्सवमा कीर्तिपुरका देवी–देवता नृत्यसहित परम्परागत नृत्यहरु प्रस्तुत गरिने छ । यसका साथै महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमहरु पनि समावेश गरिने छ । महोत्सवमा कीर्तिपुरका संस्कृति र परम्परा झल्कने प्रस्तुतीहरु समावेश गरिने छन् । उक्त अवसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम, मनोरञ्जनात्मक खेलहरु, परम्परागत नेवारी परिकारहरुको फुड फेष्टिवल पनि रहेन छ ।
दैनिक उपभोग्य खाद्यान्नका समानहरुदेखि लिएर लत्ता कपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्व सुलभ तरिकाले पाउने र त्यसै गरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरु मा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था छ भने मेलामा निशुल्क स्वास्थ्य सिबिर रहने साथै मेलामा प्रवेश शुल्क निशुल्क रहेको जानकारी पनि ब्यबस्थापन कमिटीले गराएको छ ।

महोत्सव २०७४ मा करिब ५ देखि ७ लाख उपभोक्ताले मेलाको अवलोकन गर्ने अनुमान गरिएको र उक्त मेला मा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्शन गर्ने र उपस्थित भिडलाई भरपुर मनोरञ्जन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले गराए, साथै उक्त मेला अबलोकन गरि आन्तरिक तथा बाह्य व्यापार व्यवसाय र धार्मिक सांस्कृतिक पर्यटनलाइ प्रबर्धन गर्न सम्पूर्ण नेपाली समुदायलाई उनले आव्हान पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij