पहिला घडिलाई समय हेर्नका लागि प्रयोग गरिने गरिन्थ्यो । पछिल्लो समय घडिलाई समय हेर्नुका साथै फेशनका रुपमा प्रयोग गर्न थालिएको छ । विगत ९ वर्षदेखी ब्राण्डेड घडिहरुको व्यवसाय गर्दै आएको टेलि टाइमका निर्देशक रुपेश श्रेष्ठसंग अर्थ नेपालले गरेको कुराकानी :
टेलि टाइमको बारेमा भन्दिनुस न ?
विगत ९ वर्षदेखी टेलि टाइमले ब्राण्डेड घडिहरुको विक्रि वितरण गर्दै आएको छ । हामीले सिको, टाइटन, क्यासियो जस्ता चर्चित ब्राण्डका घडिहरु विक्रि गर्दै आएका छौं ।
टेलि टाइमको विशेषता के छ ?
ग्राहकको चाहना अनुसार सेवा दिँदै आएका छौं । ब्राण्डेड सामान मात्र बेच्ने भएको हुँदा कुनै किसिमकोे समस्या आउँदैन ।
कतिको महंगा घडिहरु छन् ?
हामीले ३ हजारदेखी ४० हजारसम्मका घडिहरु बेचिरहेका छौं । कम आय भएकाहरुले पनि ब्राण्डेड घडिहरु लगाउन सक्छन् ।
बजारमा कतिकोे प्रतिस्पर्धा छ ?
बजारमा प्रतिस्पर्धात्मक नै रहेको छ । अझ हामी ब्राण्डेड घडि मात्र बेच्ने भएको हुँदा बजारमा त्यसको कपि सस्तोमा आउने हुँदा अलि अलि गाह्रो हुन्छ ।
ग्राहकको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
यहाँबाट घडि किनेपछि ठगिन्न भन्ने ग्राहकहरुमा विश्वास छ । त्यसले गर्दा ग्राहकहरु नियमित रुपमा आउने गर्नु हुन्छ । अहिले उपहारमा घडि दिनेहरु हाम्रोमा आउनु हुन्छ । उहाँहरुको प्रक्रिया एकदम सकारात्मक छ ।
कस्ता घडिहरु बढि खोज्नु हुन्छ ?
आफ्नो क्षमता र रोजाइ अनुसारको घडि खोज्नु हुन्छ । ३ हजारदेखी सुरु हुने भएको हुँदा सबैले ब्राण्डेड घडि किनेर लगाउन सक्छन् । सामान्यखाल घटि नै बढि खोज्नु हुन्छ । बच्चादेखी नै घडि लगाउने बानी
बसेको छ । प्राय ग्राहकले ब्राण्डको नाम नै लिएर किन्न आउनु हुन्छ ।
अहिले मोवाइल आएपछि घडिको आवश्यकता छैनन् भन्छन् नी ?
सुरुमा केहि समय व्यापार सुस्ताए पनि अहिले घटेको छैन् । अहिले घडिलाई समय हेर्ने मात्र नभई ज्वर्लरीको रुपमा प्रयोग गर्न थालिएको छ । केटा मान्छेले लगाउने भनेको नै घडि नै त हो नी । म आफै सधै घडि लगाउँछु तर समय हेर्ने बेला हात मोवाइलमा नै पुगको हुन्छ ।
ग्राहकले ब्राण्डेड र दुप्लीकेट घडि कसरी छुट्याउने ?
सक्कली घडीमा पछाडी कोड नम्बर र लोगो हुन्छ । त्यो मोडल नम्बर नेटमा राख्ने वितिकै सबै देखाइ हाल्छ । साथै त्यसको रकमले पनि थाहा हुन्छ । न्युरोडमा घडि पसल ४ सय भन्दा बढि छन् तर ब्राण्डेड घडि बेच्ने पसल औलामा गन्न सकिन्छ ।
भावि योजना के छ ?
यहि व्यवसाय विस्तारै गर्दैछु र गर्दै जान्छु । घडिको नै व्यवसायलाई निरन्तरता दिने हो ।
अन्त्यमा ?
प्रतिस्पर्धाको समयमा समय अनुसार चल्न सकेमा मात्र सफलता हासिल गर्न सकिन्छ । त्यसैले समय अनुसार चल्नका लागि घडि लगाउनु पर्दछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij