२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

खेलमा सर्मपित जीवन

खेलमा सर्मपित जीवन

2.5K
Shares

 

 

ओमकुमार मास्के वक्सिङ खेलको वरिष्ठ प्रशिक्षकको रुपमा कार्यरत छन् । सानोमा कम बोल्ने स्वभावका ओमको भविष्यमा यहि बन्छु भन्ने कुनै योजना थिएन । स्कुलमा हुने अतिरिक्त क्रियाकलापमा सहभागी हुने उनी भलिवलमा हाइटको कारण विरेन्द्र शिल कप खेल्न नपाएपछि उनको मनमा चोट लाग्यो । त्यसपछि खेल क्षेत्रमा केहि गर्छु भन्ने सोच उनमा आयो । तर गाउँमा अन्य खेलको खेल्ने वातावरण थिएन । २०३९ सालमा पूर्व खेलाडी विनोद बस्नेत उनको गाउँमा आउँदा उनलाई केहि समय बक्ङिस खेल सिकाएका थिए । त्योबेला बस्नेतले उनलाई विराटनगर आउँनु र बक्सिङ खेल सिकाउने बताए । जब एसएलसीमा असफल भएसगैं उनको जीवनले नयाँ मोड लियो । उनी घरमा केहि नभनि काठमाडौं आए । उनले घरमा विराटनगर बस्ने सर्तमा आउँछु भनेर विराटनगर गए । त्यहाँ उनले टाइप सिक्दै बक्सिङ खेलको तालिम लिन थाले ।
त्यसपछि ओमले बक्सिङ खेल नै जीवनको लक्ष्य बनाएर अघि बढे । बक्सिङ खेल्नका लागि २०४२ सालमा काठमाडौं आएर खेल्न सुरु गरे । करिब सात वर्ष होटलमा बसेर खेले । खेलकुद परिषद्ले महिनाको ३५ रुपैंया दिने गर्दथ्यो । ओम उपत्यका बाहिरबाट आएको कारण विभेदको सिकार भएको बताउँछन्  । खेलमा उत्कृष्ट भए पनि विदेशमा हुने खेलमा उनलाई बञ्चित गर्ने काम समेत भयो, त्यसको आवाज उठाउँदा उनलाई क्याम्पबाट हटाएको तितो अनुभव छ । तर उनले हरेस खाएनन्  । निरन्तर बक्सिङ खेलमा लागीरहे । खेलमा राम्रो भएको कारण बढि उनी खेल माफियाको सिकार भएको बताउँछन् । सन् १९९० मा बेजिङ एसियन गेममा खेल्छ भनेर खेल माफियाहरुले प्रशिक्षकको तालिमको लागि पटिहालामा डिप्लोमा गर्न पठाएको उनी बताउँछन् । उनी खेलमा जति राम्रो खेल्थे त्यतिनै राजनीतिक रुपमा सिकार हुने गरेको बताउँछन् । प्रशिक्षकको रुपमा तालिममा जाँदा पनि उनले खेलका लागि अभ्यास पनि जारी राखे । धेरै अन्तराष्ट्रिय खेलमा सहभागी भएका छन् ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा गोल्ड मेडल जितेका छन् । त्यसपछि उनी विस्तारै खेलको प्रशिक्षकको रुपमा काम गर्न थाले । खेलको प्रशिक्षकमा मात्र नभइ अन्तराष्ट्रिय खेलको रेफ्री जर्जको रुपमा समेत काम गरेको अुनभव उनीसंग छ । सफल खेलाडीका छवि बनाएका ओमले कुशल प्रशिक्षकको रुपमा पनि आफ्नो दायित्व निभाए । देश तथा विदेशमा भएको खेलमा उनको प्रशिक्षणमा रहेको टीमले राम्रो नतिजा ल्याएको छ । अहिले पनि उनी राष्ट्रिय खेलकुद परिषदमा वरिष्ठ बक्सिङ प्रशिक्षकको रुपमा कार्यरत छन् । साथै अन्तराष्ट्रिय बक्सिङ संघबमाट थ्रि स्टार पाएका छन् । नेपालमा अहिले ४ जना मात्र थ्रि स्टार प्रशिक्षक रहेका छन् । खेल प्रति सर्मपित भएका ओम खेल क्षेत्रको राजनीतिको सधै सिकार भए ।
खेल क्षेत्रमा खेल क्षेत्र नबुझेको मान्छे आउँदा खेल क्षेत्रमा सफलता पाउन नसकेको उनको अनुभव छ । खेलाडी तथा खेल प्रशिक्षकले जीवनमा खेलसगैं अरु पेशा रोज्न उनी सुझाव दिन्छन् । पहिला खेल क्षेत्रमा राम्रो भए पनि अहिले नभएको उनको तर्क छ । पहिला राम्रा खेलाडीहरुलाई सुविधा थियो तर आज त्यस्तो केहि छैन्  । खेलको सुनिश्चता पनि छैन् । खेलाडीको जीवन सुरक्षा राज्यले गर्नु पर्ने उनी बताउँछन् । अनि मात्र खेल क्षेत्रमा केहि हुने विश्वास उनको छ । खेल क्षेत्रमा घृणित राजनीतिक हुने हुँदा त्यहाँ राम्रा मान्छे आउन नसकेको उनले देखेका छन् । देशमा नियमित रुपमा खेल नहुँदा पनि खेलाडीेको भविष्य अन्यौल हुने गरेको र खेलाडीहरु पलायन हने अवस्था रहेको ओम बताउँछन् । नेपालमा खेल क्षेत्रमा सफलता हासिल गर्न नसक्नुमा खेलकुदका संघहरुको ठुलो भूमिका रहेको उनको दावि छ । पैशा कमाउन मात्र संघमा आउने प्रवृत्तिका कारण खेल र खेलाडी भन्दा पनि व्यक्तिगत स्वार्थमा रुमलिएको उनले बताए । संघहरुले नै कार्यक्रम ल्याउने हो । केहि संघहरुले राम्रो काम गरेका छन् ।
बक्सिङ खेलमा भविष्य राम्रो उनले देखेका छन् । यसमा लगानीको खाचो भएको उनले बताए । राम्रोको लागि नै खेल क्षेत्रमा लागेको बताए । तर देशको नाम भन्दा पनि व्यक्तिगत लाभमा लागेको कारण अन्तराष्ट्रिय क्षेत्रमा सफलता पाउन नसकेको उनले देखेका छन् । जीवनलाई उनले संघर्ष मानेका छन्  । खेल क्षेत्रमा उनले धेरै संघर्ष गरेका छन् । आफुले रगत र पसिना बगाएको पीडा नेतृत्वमा आउनेले नबुझ्दा उनलाई दुःख लाग्छ । देशमा राजनीतिक व्यवस्था परिर्वतन भएपनि खेल क्षेत्रमा कुनै परिर्वतन हुन नसकेको उनले भोगेका छन् ।
२०५४ सालमा प्रेम विवाह गरेका उनले खेल क्षेत्रमा सफलता पाउन जीवन संगीनीको भूमिका महत्वपूर्ण रहेको बताए । त्रिवी शिक्षण अस्पतालमा नर्सको रुपमा कार्यरत जीवनसंगीनि, छोराछोरी र आमाका साथ सुखीका साथ बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij