
अर्थ नेपाल संवाददाता
काठमाडौं/ नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बिहीबारबाट चार दिने ‘यामाहा महामेला’को आयोजना गर्ने भएको छ । कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा भदौ २२ देखि २५ गतेससम्म चल्नेछ ।
‘यामाहा महामेला’मा पुराना बाइक र स्कुटरको बेस्ट भ्यालुएसन र एक्सचेन्ज, नयाँ बाइकको स्पट फाइनान्सिङ, निशुल्क सर्भिसिङ र स्पेयर्स पार्टस् तथा इन्जिन आयलमा विशेष छुट लगायत अन्य मनोरञ्जनात्मक कार्यक्रम हुनेछन् ।
यसका लागि नेपालकै प्रतिष्ठित २० वटा रिकन्डिसन हाउसको सहभागिता मेलामा हुनेछ । साथै, पुराना दुईपाङ्ग्रेसँग नयाँ साट्न चाहनेहरुका लागि २० प्रतिशत डाउन पेमेन्टमै स्पट फाइनान्सिङको व्यवस्था यामाहाले गरेको छ । मेलाका सहभागीले जुनसुकै ब्रान्डको मोटरसाइकल वा स्कुटर भएपनि १० प्वाइन्ट फ्री चेकअपको सुविधा पाउनेछन् भने यामाहाका स्पेयर्स पार्टस् र यामाल्युबमा १० प्रतिशत छुट पाउने जनाइएको छ ।
बाइक वा स्कुटर खरिद गर्ने ग्राहकले दशैं योजनाको सात हजार नगद छुट पाउनुका साथै एउटा ब्रान्डेड हेलमेट र विशेष किट मेलामा प्राप्त गर्नेछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij