
अर्थ नेपाल संवाददाता
काठमाडौं /आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि १८ हजार २ सय उम्मेदवारले मनोयनयन दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार बुधबार बेलुका साढे ६ बजेसम्ममा १८ हजार २०० जना उम्मेदवारले मनोनयन दर्ता गराएको छन् । मनोयनन दर्ता निकै उत्साहपूर्ण तरिकाले भएको आयोगद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । यस निर्वाचनमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ र निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधिहरु निर्वाचित हुनेछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij